कीवर्डहरू -

शरीरमा इनजेक्ट गरेर शल्यक्रिया गर्न मिल्ने नयाँ माइक्रोस्कोपिक रोबोटको विकास 

शरीरमा इनजेक्ट गरेर शल्यक्रिया गर्न मिल्ने नयाँ माइक्रोस्कोपिक रोबोटको विकास 

फाइल तस्वीर


मानव शरिरमा इनजेक्ट गरेर शल्यक्रिया गर्न मिल्ने नयाँ माइक्रोस्कोपिक रोबोटको विकास भएको छ । वैज्ञानिकहरुले सो रोबोटको विकास गरेका हुन् ।

कर्नेल विश्वविद्यालयले यस रोबोटको विकास गरेको हो ।  यसलाई अर्धकन्डक्टरको प्रयोगले बनाइएको छ । यी रोबोटहरुलाई इलेक्ट्रोनिक सिग्नल दिएर हिडाउन पनि सकिन्छ ।

हरेक रोबोटको ४ ओटा खुट्टा हुनछन् जसलाई सोलार सेल सँग जोडिएको छ । त्यो सोलार सेलमा लेजर बीमको प्रयोग गरेर रोबोटलाई हिडाउन सकिन्छ । रोबोटहरु अत्यन्तै सानो आकारका छन् ।

जसको करिब ५ माइक्रन उचाई, ४० माइक्रन चौडाई र ४० देखि ७० माइक्रन लम्बाई रहेको छ । ४ इन्च सिलिकनको वेफरबाटै वैज्ञानिकहरुले लाखौँ रोबोट बनाएका थिए ।

यो रोबोटले गर्दा धेरै सानो कुराहरु पनि देख्न पाइने वैज्ञानिकहरुको विश्वास छ । रोबोटहरु यति सानो छन् जसलाई एकैचोटि सयौँको शङ्ख्यामा सुई द्वारा हाल्न सकिनेछ ।

यिनीहरुले शरीरमा स्टिच गर्ने तथा मानव नशालाई जाँच्न सक्छन् । अहिलेको लागी यिनीहरुलाई मानिसले नै चलाउनुपर्छ तर भविष्यमा यो आफै कृत्रिम दिमागले चल्नसक्ने वैज्ञानिकहरुको विश्वास छ ।

एजेन्सीको सहयोगमा