कीवर्डहरू -

फेसबुकमा महिला बनी ठगी गर्ने व्यक्ति पक्राउ

फेसबुकमा महिला बनी ठगी गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा महिला बनी गर्ने ठगी व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले काठमाडौंको कोटेश्वरबाट शुक्रबार उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलाली जिल्ला मोहन्याल गाउँपालिका वडा नं ३ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका टिकाथली बस्ने २७ वर्षिय धन बहादुर शाही रहेका छन् ।

उनले गूगलबाट महिलाको आकर्षक फोटो तानी महिलाको नामबाट फेसबुक आईडी खोली साथी बनाई उक्त आईडीबाट कुराकानी गरी लोभ, प्रलोभनमा पारी प्रपञ्च मिलाई माया जालमा पारी विभिन्न अश्लिल फोटोको माध्यमबाट पिडितलाई रकम आईएमई  गर्न लगाउने र रकम नदिए आफन्तजन, साथीहरुलाई समेत फोटो पठाई बेईज्जत गरी दिन्छु भनी पटक पटक ब्ल्याकमेलिङ गर्ने गरेका थिए ।

उनलाई ठगी सम्बन्धि कसुरमा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।