कीवर्डहरू -

भायानेटले ४८ घण्टाभित्रै नयाँ इन्टरनेट जडान गरिदिने

भायानेटले ४८ घण्टाभित्रै नयाँ इन्टरनेट जडान गरिदिने

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले अब ४८ घण्टा भित्रै इन्टरनेट जडान गर्ने भएको छ । अब नयाँ ग्राहकहरुले आफ्नो घर वा अफिसमा भायानेट जडान गर्न चाहेमा ४८ घण्टा भित्रै उनीहरुको घरमा भायानेटको इन्टरनेट चल्न थाल्ने कम्पनीले बताएको छ ।

देशको विभिन्न भागमा लकडाउन भइरहेको यो महामारीको बेलामा पनि भायानेट आफ्नो ग्राहकलाई सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

यो नयाँ सेवाको साथ भायानेटले आफ्ना ग्राहकहरुको लागि घरबाटै काम गर्न वा पढ्नको लागि छिटो, छरितो र उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।