कीवर्डहरू -

भदौ १५ गते रति १२ बजेसम्म \'आइसिटी अवार्ड २०२०\' को लागि नोमिनेशन दर्ता गर्न सकिने 

नोमिनेशनको लागि आधिकारिक वेबसाइट ictaward.org मा गएर सम्बन्धित विधा (क्याटेगोरी) छनौट गरी अनलाइन फारम बुझाउनुपर्नेछ । 

भदौ १५ गते रति १२ बजेसम्म \'आइसिटी अवार्ड २०२०\' को लागि नोमिनेशन दर्ता गर्न सकिने 

पाचौं संस्करणको आइसिटी अवार्डको लागि विभिन्न ११ विधामा अनलाइन नोमिनेशन जारी छ । यहि भदौ १५ गतेसम्म अवार्डको लागि नोमिनेशन दिन सकिने आयोजकले जनाएको छ ।


यस वर्ष इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड थप गरिएका नयाँ विधाहरू हुन् । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधाहरू प्रतिस्पर्धात्मक रूपमा छनोट हुने विधाहरू हुन् । यी विधाहरूको विभिन्न चणको छनौटपछि घोषणा हुने उत्कृष्ट ५ लाई पब्लिक भोटिङमा पनि समावेश गरिनेछ ।


यसैगरी पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, वुमन आइकन, आन्टरप्रेनर आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधाहरू रहेका छन् ।

\"\"

नोमिनेशनको लागि आधिकारिक वेबसाइट ictaward.org मा गएर सम्बन्धित विधा (क्याटेगोरी) छनौट गरी अनलाइन फारम बुझाउनुपर्नेछ । अवार्डको ग्राण्ड फिनाले डिसेम्बर ४ मा आयोजना गर्ने आयोजकले जनाएको छ ।

डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी सस्था र डिजिटल एजुकेशन आइसिटी अवार्ड सामुदायिक शैक्षिक संस्थाहरूलाई प्रदान गरिने अवार्ड विधाहरू रहेका छन् ।


सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्डको पाँचौं संस्करण कोरोनाले निम्त्याएको संकटको कारण यस वषको अवार्ड कार्यक्रम मसिंरमा आयोजना हुनेछ । अवार्डको ग्राण्ड फिनाले डिसेम्बर ४ मा आयोजना गर्ने आयोजकले जनाएको छ । हरेक वर्ष १७ अगष्टमा अवार्ड कार्यक्रम आयोजना हुँदै आएको थियो ।
यस वर्ष अवार्डको छनौट प्रक्रियालाई व्यवस्थित र सहज बनाउन १४ जना जुरी सदस्य र १२ जना जुरी सल्लाहकार सदस्यहरू रहनुभएको छ ।

नोमिनेशनको लागि आधिकारिक वेबसाइट ictaward.org मा गएर सम्बन्धित विधा (क्याटेगोरी) छनौट गरी अनलाइन फारम बुझाउनुपर्नेछ ।