कीवर्डहरू -

स्थानिय निकायका वेबसाइटहरु डाउन, मेन्टिनेन्स भइरहेको एनआइटिसीको जानकारी 

स्थानिय निकायका वेबसाइटहरु डाउन, मेन्टिनेन्स भइरहेको एनआइटिसीको जानकारी 

शुक्रवार वेलुकीदेखि अधिकांश स्थानिय निकायका वेबसाइटहरु बन्द भएका छन । काठमाण्डौं, बिराटनगर महनगरपालिका लगायतका वेबसाइट खोल्दा 'इरर' देखाइरहेको छ । विगत २४ घन्टादेखि वेबसाइट बन्द भएको कारण स्थानिय सूचना तथा कोभिड १९ को अपडेटबारे जानकारी लिन नसकिएको बिराटनगरका सामाजिक अभियन्ता निर्मल तामाङले बताएका छन ।

एनआइटिसीका निर्देशक रमेश  पोखरेलले भने "हामि मेन्टिनेन्समा छौ, आज बेलुकीसम्म सञ्चालनमा आउनेछन।"


राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी)ले वेबसाइटहरु अपडेट गरिरहेको कारण केहि समय बन्द भएको जनाएको छ । प्रविधि केन्द्रका निर्देशक रमेश पोखरेलले वेबसाइटहरु 'स्लो' भयो भन्ने गुनासोको कारण अपडेट भइरहेको हो । आइसिटी समाचारसँग कुरा गर्दै पोखरेलले भने "हामि मेन्टिनेन्समा छौ, आज बेलुकीसम्म सञ्चालनमा आउनेछन।"

\"\"


पछिल्लो समय कोभिड १९ को कारण प्रविधिको प्रयोग बढिरहेको छ । स्थानिय अवस्थाको जानकारी लिनको लागि स्थानिय निकायका वेबसाइटहरु भरपर्दो हुनसक्छ । तर, कतिपय स्थानिय निकायहरुका वेबसाइट भने नियमित अपडेट भइरहेका छैनन ।

अपडेट : समाचार प्रकाशन भएपछि वेबसाइट खोल्दा 'मर्मत कार्य भैरहेको' सूचना प्रकाशन गरिएको छ ।
\"\"