कीवर्डहरू -

लिभिङ विथ आइसिटी म्यागजिनको भदौं अंक उपलब्ध 

लिभिङ विथ आइसिटी म्यागजिनको भदौं अंक उपलब्ध 

नेपालको एकमात्र सूचना पविधि विशेष म्यागजिन लिभिङ विथ आइसिटीको भदौं अंक भर्चुअल स्टोरमा उपलब्ध भएको छ । गत चैत महिनादेखि कोभिड १९ र लकडाउनको कारण धेरै म्यागजिनहरुको प्रकाशन बन्द भएपनि लिभिङ विथ आइसिटी हरेक महिना प्रकाशन भइरहेको छ । केहि अंकहरु प्रिन्टेड भर्सनमा उपलब्ध नभएपनि हरेक महिना म्यागजिन भर्चुअल स्टोरमा उपलब्ध भएको छ ।


पत्रिकाका ग्राहकहरुले नियमित रुपमा डिजिटल भर्सन प्राप्त गरिरहेको र लिमिटेड संस्कणहरु प्रिन्टमा पनि उपलब्ध भइरहेको मिडियाले जनाएको छ । भदौं अंकमा साइबर सेक्युरिटीको अवस्था, कसरी सुरक्षित हुने, सरकारले के के प्रयास गर्नेबारे वृहत रिपोर्ट प्रकाशन भएको छ । यसैगरी आइपिभि सिक्स, स्टार्टअप, ग्याजेट्स, करियर स्किल, डेटा र यसको महत्व लगायतको बारेमा सामग्री प्रकाशन भएका छन । ७२ पृष्ठको म्यागजिन पढ्न लिभिङ विथ आइसिटीको वेबसाइटमा गएर डाउनलोड गर्न सकिनेछ ।


भदौं अंक म्यागजिन डाउनलोड गरेर पढ्न यो लिंकमा क्लिक गर्नुहोस । नियमित अर्थात वार्षिक ग्राहकहरुले यो लिंकमा गएर सब्सक्राइब गर्न सकिने लिभिङ विथ आइसिटीले जनाएको छ ।

\"\"