कीवर्डहरू -

एटीएमबाट पैसा निकाल्दा अब शूल्क नलाग्ने, डिजिटल भुक्तानीलाई पनि निःशूल्क बनाइने

एटीएमबाट पैसा निकाल्दा अब  शूल्क नलाग्ने, डिजिटल भुक्तानीलाई पनि निःशूल्क बनाइने

एउटा बैंकको एटीएमबाट अर्को बैंकको एटीएम मसिनबाट पैसा निकाल्दा लाग्ने शूल्क स्थायी रुपमै हटेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सेवा सञ्चालन अनुमति प्राप्त संस्थाको नाममा एकीकृत परिपत्र जारी गरि यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकको यो निर्देशनसँगै अब नेपाल भित्रका कुनै पनि बैंकको  एटीएमबाट अर्को बैंकको एटीएम मसिनबाट पैसा निकाल्दा लाग्ने शूल्क लाग्ने छैन् । राष्ट्र बैंकले एउटा बैंक तथा वित्तीय संस्थाले एउटै ग्राहकको नाममा एकभन्दा बढी कार्ड जारी गर्न नपाउने व्यवस्था समेत निर्देशनमा प्रष्ट पारेको छ ।

साथै अबका दिनमा जारी गरिएको कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अघि नै ग्राहकलाई एसएमएसमार्फत सूचना दिनुपर्ने छ । तर, त्यसरी सूचना दिँदा एटीएम कार्ड नवीकरणवापत लाग्ने शुल्कसमेत उल्लेख गर्नुपर्ने बताइएको छ ।

राष्ट्र बैंकको यो निर्देशनसँगै अब नेपाल भित्रका कुनै पनि बैंकको  एटीएमबाट अर्को बैंकको एटीएम मसिनबाट पैसा निकाल्दा लाग्ने शूल्क लाग्ने छैन् । राष्ट्र बैंकले एउटा बैंक तथा वित्तीय संस्थाले एउटै ग्राहकको नाममा एकभन्दा बढी कार्ड जारी गर्न नपाउने व्यवस्था समेत निर्देशनमा प्रष्ट पारेको छ ।

त्यस्तै राष्ट्र बैंकले डिजिटल माध्यमबाट हुने कारोबारको सीमा समेत केही हेरफेर गरेको छ । जस अनुसार डेबिट कार्डबाट वस्तु तथा सेवा खरिद गरी हुने भुक्तानीका लागि मासिक ४ लाखको सीमा कायम गरिएको छ । यसअघि यस्तो सीमा थिएन । प्रतिकारोबार २५ हजार र प्रतिदिन १ लाखसम्मको यसअघिको सीमालाई भने यथावत राखिएको छ ।

बैंकबाहेक अन्य भुक्तानी सेवा प्रदायकले पनि २५ हजारसम्मको प्रिपेड कार्ड जारी गर्न पाउने भएका छन् । यसअघि त्यस्ता संस्थालाई प्रिपेड कार्ड जारी गर्ने अनुमति थिएन । तर, बैंक तथा वित्तीय संस्थालाई १ लाखसम्मको कार्ड जारी गर्ने अनुमति दिँदा त्यस्ता संस्थालाई २५ हजारको सीमा कायम गरिएको हो ।

यो वर्ष मोबाइल तथा इन्टरनेट बैंकिङ कारोबारको सीमामा भने कुनै संशोधन गरिएको छैन । अहिलेलाई एटीएम सेवालाई निशुल्क गरिएमा अब डिजिटल भुक्तानीलाई समेत निशुल्क बनाउने राष्ट्र बैंक योजना रहेको छ ।