कीवर्डहरू -

आइएमई जनरल इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुलाई आयोजना गरेको भर्चुअल ट्रेनिङ सम्पन्न

आइएमई जनरल इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुलाई आयोजना गरेको भर्चुअल ट्रेनिङ सम्पन्न

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्ना अभिकर्ताहरुलाई आयोजना गरेको भर्चुअल ट्रेनिङ सम्पन्न गरेको छ ।

कम्पनीले भाद्र १० गते देखि १२ गतेसम्म निर्जिवन बीमाको विविध क्षेत्रलाई समेटेर अभिकर्ताहरुलाई प्रशिक्षण प्रदान गरेको थियो ।

कम्पनीका विभागीय प्रमुखहरु देखि उच्च पदस्थ पदाधिकारीहरुले समेत प्रशिक्षण प्रदान गराएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा ५५ जना भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

यस प्रशिक्षण पश्चात अभिकर्ताहरुले बजारबाट बीमाको बजारीकरण गरेर आफनो आम्दानीको श्रोत बढाउन सक्ने र आफूलाई फ्रिल्यान्सर रोजगारीको रुपमा स्थापित गरी आय आर्जन गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।