कीवर्डहरू -

निर्मलालाई न्याय माग्दै नर्सिङ एशोसिएसन अफ नेपालको वेबसाइट ह्याक

निर्मलालाई न्याय माग्दै नर्सिङ एशोसिएसन अफ नेपालको वेबसाइट ह्याक

बलात्कारपछी हत्या भएकी कन्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै नर्सिङ एशोसिएसन अफ नेपाल को वेबसाइट ह्याक भएको छ ।

भारतीय ह्याकरको समूह इन्डियन साइबर ट्रुप्सले निर्मला पन्तको लागि न्याय माग गर्दै नर्सिङ एशोसिएसन अफ नेपालको वेबसाइट ह्याक गरेको हो ।

जस्टिस फर निर्मला भन्दै अहिले सो वेबसाइटमा लेखिएको छ, ‘७५० दिनभन्दा बढी समय भइसक्दा पनि नेपाल सरकार अझै मौन छ, हामी निर्मला पन्तको न्याय चाहन्छौं ।

सो ह्याकरको समूहले जस्टिस फर निर्मला पन्त भन्दै महिला जागरण तथा विकास केन्द्र, सर्वोच्च अदालत बार एशोसिएसन र नेपाल प्रेस युनियनको वेबसाइट ह्याक गरिसकेको छ ।