कीवर्डहरू -

प्राधिकरणले जारी गर्‍यो साइबर सुरक्षा विनियमावली, सेवा प्रदायकले अनिवार्य सेक्युरिटी अडिट गर्नुपर्ने

प्राधिकरणले जारी गर्‍यो साइबर सुरक्षा विनियमावली, सेवा प्रदायकले अनिवार्य सेक्युरिटी अडिट गर्नुपर्ने

नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकहरुले सेक्युरिटी अडिट गर्नुपर्ने भएको छ । प्राधिकरणले ‘ साइबर सुरक्षा विनियमावली २०७७’ जारी गर्दै अनिवार्य सेक्युरिटी अडिट गर्नुपर्ने व्यवस्था गरेको हो ।

विनियमावलीमा दूरसञ्चार सेवा प्रदायकले ३/३ महिनामा आन्तरिक सेक्युरिटी अडिट गर्नुपर्ने व्यवस्था रहेको छ । भने प्रत्येक ६ महिनामा सेवा प्रदायकहरुले त्यस्तो सेक्युरिटी अडिट रिपोर्ट दूरसञ्चार प्राधिकरणलाई बुझाउनु पर्नेछ ।

साइबर सुरक्षा विनियमावलीमा जनरल सेक्यूरिटी मापदण्ड तथा प्राक्टिस, पूर्वाधार तथा नेटवर्क सेक्युरिटी, कोर सेक्युरिटी सिस्टम, एप्लिकेसन सेक्युरिटी, डेटा सेक्युरिटी तथा प्राइभेसी, इन्फरमेसन सिस्टम अडिट, क्लाउड सेक्युरिटी, सर्ट रेस्पोन्स, इन हाउस सेक्युरिटी अपरेसन सेन्टरको स्थापना, साइबर सेक्युरिटी सम्बन्धि जनचेतना र क्षमता अभिवृद्धि लगायतका विषय समेटिएका छन् ।

यस्तो छ ‘साइबर सुरक्षा विनियमावली २०७७’