कीवर्डहरू -

आइएमई मार्फत पठाएको रकम यसरी पाउनुहोस् मोबाइलमै

आइएमई मार्फत पठाएको रकम यसरी पाउनुहोस् मोबाइलमै

आईएमई रेमिट्यान्सले आफ्ना एजेन्टको सहभागितामा डिजिटल वालेट सुविधा ‘आईएमई पे’ मार्फत रेमिटेन्स सिधै मोबाइल वालेटमा प्राप्त गर्ने व्यवस्था गरेको छ ।

नयाँ सुविधाअन्तर्गत आफुलाई स्वदेश वा विदेशबाट आएको रकम प्राप्त गर्नका लागि ‘आईएमई पे’ वालेटको ‘रेमिटेन्स’ आइकनमा क्लिक गर्नुपर्दछ ।

त्यसपछि पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी सम्बन्धित फिल्डमा स्पष्टसँग भर्नुपर्दछ ।

प्रकृया अनुसार आफ्नो वालेट पीन दाखिला गरी तपाईंको रकमको अवस्था एकिन गर्न सक्नुहुनेछ । यदि तपाईंलाई पठाएको रकम ‘आईएमई पे’ एपमा नै प्राप्त गर्नुपर्ने भएको खण्डमा ‘रिसिभ’ बटम थिची आफ्नै वालेटमा प्राप्त गर्नु सक्नुहुनेछ ।

त्यसका अतिरिक्त ‘नियर बाइएजेन्ट’ माथि आफुँलाई पायक पर्ने आइएमई काउन्टर भ्रमण गरी आफ्नो पैसा प्राप्तगर्न सक्नुहुनेछ ।

यी सवै सुविधा प्राप्तगर्नका लागि आइएमई पे एप डाउनलोड गर्नुका साथै केवाईसी अध्यावधिक भएको हुनुपर्दछ ।

आइएमईले  ‘आईएमई पे’  मोबाइल वालेट एपबाट नेपालभित्र रहेका नेपालीलाई आफ्नो घर, आफ्नै कोठाबाट नै रेमिटेन्सको रकम प्राप्त गर्ने सुविधा दिँदै आइरहेको छ । सो रकम यसरी आफ्नो मोबाइल वालेटमा रहँदासम्म उक्त रकमको ब्याज रू. ५० सम्मको बोनस पनि प्राप्त हुन्छ ।

थप जानकारी लिन यो भिडियो पनि हेर्नुहोस्