कीवर्डहरू -

नेपालकै पहिलो शब्द पजल गेम प्लेस्टोरमा उपलब्ध 

नेपालकै पहिलो शब्द पजल गेम प्लेस्टोरमा उपलब्ध 

नेपालकै पहिलो शब्द पजल गेम प्लेस्टोरमा उपलब्ध भएको छ । नाभुश टेकले नेपाली शब्द पजल गेमको विकास गरेको हो ।

नाभुश टेकले विकास गरेको नेपाली शब्द पजल गेम गूगल प्ले स्टोरेमा उपलब्ध भएको छ । यो गेम नेपाली शब्द खेल इतिहासमा कोशेढुङ्गाको रुपमा काम गर्ने कम्पनीको विश्वास रहेको छ ।

शब्द खोज गेम लेभलमा अधारित खेल हो जसमा प्रयोगकर्ताले लेभल १ पास गरी सकेपछि लेभल २ सुरु हुन्छ अनि कठिनाई बढ्दै जान्छ । ११ लेभलमा फेरी कठिनाई कम हुन्छ अनि फेरी २० लेभल सम्म बढ्छ । क्रमश यसरी गेम अगाडी बढदै जान्छ । यो खेलमा ह्रस्व दिर्घको पालना गरिएको छ ।

कम्पनीका अनुसार यो गेमको प्रयोगबाट मनोरन्जन, पजल समाधान गर्दा बौद्धिक विकास तथा नेपाली मौलिक शब्दहरुको ज्ञानको भण्डार फराकिलो हुनुका साथै नेपाली शब्दहरुको प्रयोग र यसको जगेर्नामा थप टेवा पुग्ने छ । प्ले स्टोरमा उपलब्ध भएको सो गेम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।