कीवर्डहरू -

श्रमिक सूचना बैंक स्थापना, रोजगारीको लागि अनलाइनबाटै आवेदन दिन सकिने

श्रमिक सूचना बैंक स्थापना, रोजगारीको लागि अनलाइनबाटै आवेदन दिन सकिने

सरकारले श्रमिक सूचना बैंक स्थापना गरेको छ । श्रम बजारसँग सम्बन्धित सूचनालाई एकीकृत गरी श्रमिक र रोजगारदाताबीच सूचना उपलब्ध गराउने उद्देश्यले श्रमिक सूचना  बैंकको  स्थापना गरेको हो ।

श्रमिक सूचना बैंकको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले गरेका हुन् । श्रमिक सूचना बैंक स्थापना गर्ने कुरा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा पनि समेटिएको थियो ।

श्रमिक सूचना बैंकले बेरोजगार युवाको विवरण सङ्कलन गर्ने, आवश्यक प्रशिक्षण दिने तथा रोजगारदाताको आवश्यकतानुसार काममा लगाउने कार्यमा सहयोग गर्नेछ ।

श्रमिक सूचना बैंकले श्रम आर्जन गर्न सक्ने जनशक्ति के कति छ, के कस्ता ज्ञान, सीप हासिल गरेका रहेछन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् भन्नेबारे एकीकृत जानकारी उपलब्ध गराउनेछ ।

श्रमिक सूचना बैंकको वेबसाइट मा गएर रोजगारदाताले आफुलाई आवश्यक परेको श्रमिकको विवरण राख्न सक्ने छन् । भने रोजगारीको खोजिमा आफ्नो सम्पूर्ण विवरण दर्ता गर्न सक्ने छन् । श्रमिक सूचना बैंकको पहुँच सबै स्थानीय तहलाई दिईने बताइएको छ ।