भदौ १२ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको अन्तराष्ट्रिय ह्याकथन कार्यक्रम क्वान्टम ह्याक सम्पन्न भएको छ । नेपालको कम्प्युटर इन्जिनियरिङ तथा सूचना प्रविधिका विद्यार्थीहरुमा प्रतिस्पर्धा गराई उनीहरुको प्रतिभा उजागर गर्न सघाउ पुर्याउने उद्देश्यले क्वान्टम ह्याक आयोजना भएको हो ।
करिब दुईहजार पाँचसय जनाले सक्रिय सहभागिता जनाएको यो कार्यक्रममा विश्व प्रसिद्ध एप्पल कम्पनीका सहसंस्थापक स्टिभ वोज्नियाकले विशेष अतिथिको रुपमा सम्बोधन गरेका थिए ।
अनलाइन मार्फत आयोजना भएको सो कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्रायः सबै विभागको सहभागिता रहेको थियो । भने भारतको डेभ्फोलियोको सहयोगमा पुल्चोक क्याम्पसको नेक्स्टजेन संस्थाले आयोजना गरेको थियो ।
प्रकोप व्यवस्थापन, सबैका लागि आधुनिक वित्तीय व्यवस्थापन ,शिक्षा, स्वास्थ तथा शहरी जनसंख्या व्यवस्थापन, वातावरण लगायत स्वतन्त्र विचार शीर्षक जस्ता विभिन्न छ वटा विधामा प्रविधिको प्रयोग तथा त्यसको माध्यमद्धारा समस्याको समाधान पत्ता लगाउने प्रयास गरिएको सो कार्यक्रममा ७० भन्दा बढी समुहका २५० जनाले विभिन्न प्रतियोगितात्मक परियोजना तथा अवधारणा प्रस्तुत गरेका थिए ।
करिब दुईहजार पाँचसय जनाले सक्रिय सहभागिता जनाएको यो कार्यक्रममा विश्व प्रसिद्ध एप्पल कम्पनीका सहसंस्थापक स्टिभ वोज्नियाकले विशेष अतिथिको रुपमा सम्बोधन गरेका थिए ।
कार्यक्रममा आइबिएमका बरिष्ठ प्रोग्रामर तथा इन्जिनियर जो सेपी तथा डेभ्फोलियोका कम्युनिटी लिड व्यवस्थापक डेनभर डि सुजाले मुख्य बक्ताको रुपमा सम्बोधन गरेका थिए ।
सो कार्यक्रममा नासा,अमेजन वेभ सर्भिस आदिका बरिष्ठ प्रतिनिधिहरुले मेन्टर्सको रुपमा काम गरेका थिए । भने विभिन्न विधाका विशेषज्ञ तथा माइक्रोसफ्ट एवं विभिन्न प्रतिष्ठित संस्थाका विज्ञहरुले प्रस्तावित परियोजनाको मूल्याङ्कन गरेका थिए । परियोजना प्रतियोगितामा विभिन्न छ वटा टिम पुरस्कृत भएका छन् ।
लगातार ३६ घण्टासम्म चलेको उक्त कार्यक्रममा ह्याकथनका अतिरिक्त गोष्ठी , कार्यशालाका लगायत स्वदेशी तथा विदेशी सेलिब्रेटीहरुले गायन, नृत्य एवं अन्य कार्यक्रम भएको थियो ।
‘यो जटिल अवस्थामा यति बृहत र एप्पलका सहसंस्थापक तथा आईबिएम जस्ता प्रतिष्ठित संस्थाको उच्च सहभागिता हाम्रोलागि गौरब र प्रेरणाको विषय हो’ नेक्टस्जेनका अध्यक्ष तथा आयोजक समितिका लिड अर्गनाईजर जय किसन पन्जियार भन्छन्, ‘यसले हाम्रो सोच्ने क्षमता र वातावरणमा ठुलो परवर्तन ल्याउनेमा हामी विश्वस्त छौ, यो ह्याकथनको ठुलो फड्को पनि हो ।
नेपाली विद्यार्थीको तहबाट गरिएको यो कार्यक्रमा भएको उच्च तहको सहभागिताले थप हौसला र प्रतिस्पर्धाको पेरणा प्राप्त भएको कार्यक्रमकी मेडिया व्यवस्थापक अनिसा अधिकारीले बताइन ।