कीवर्डहरू -

शैक्षिक संस्थालाई डिजिटल बनाउन २ लाख ५० हजारसम्म अनुदान दिदैं \'फ्युजमेसिन्स\' 

शैक्षिक संस्थालाई डिजिटल बनाउन २ लाख ५० हजारसम्म अनुदान दिदैं \'फ्युजमेसिन्स\' 

फ्युजमेसिन्स इंन्कले शैक्षिक संस्थालाई डिजिटल बनाउन अनुदान दिने भएको छ । स्कुलहरुलाई डिजिटल क्षमतासहित सञ्चालन गर्न यो पहल गरिएको हो ।

यसमा छानिएका स्कुल वा कलेजहरुलाई प्रतिसंस्था २ लाख ५० हजार रुपैयाँसम्मको गैर नगद अनुदान प्रदान गरिनेछ जुन ‘फ्युज क्लासरुम प्लेटफर्म’ प्रयोग गर्नको लागि प्रयोग हुनेछ ।

छानिएका स्कुल वा कलेजहरुलाई प्रतिसंस्था २ लाख ५० हजार रुपैयाँसम्मको गैर नगद अनुदान प्रदान गरिनेछ जुन ‘फ्युज क्लासरुम प्लेटफर्म’ प्रयोग गर्नको लागि प्रयोग हुनेछ ।

फ्युज क्लासरुमले अहिले कोभिड १९ को प्रभावसँग जुधिरहेका नेपालभरिका शैक्षिक संस्थाहरुलाई डिजिटलीकरण गर्न सहयोग पुर्‍याउने छ । कलेज र विद्यालयहरुलाई पूर्ण अनलाइन कक्षा चलाउन वा मिश्रित विधि प्रयोग गर्न योग्य बनाउने छ।

विद्यार्थीहरुलाई ती शैक्षिक संस्थाले यसअघि दिनसक्ने समयभन्दा फरक समयमा कक्षा लिनसक्ने लचकताका कारण यी संस्थाहरुले पर्याप्त लाभ लिन सक्नेछन् ।

नेपालजस्ता विकासशील देशका शैक्षिक संस्थाहरुका लागि यसले विद्यार्थीहरुलाई शिक्षा प्राप्त गर्न सजिलो र कम खर्चिलो बनाउँदै प्रभावकारी बनाउन मद्दत गर्नेछ ।

\"\"

आवेदनको अन्तिम समय भदौ ३० गतेसम्म रहेको छ । थप जानकारीका लागि [email protected] मा इमेल गर्न वा वेबसाइट मा गएर हेर्न सक्नुहुनेछ।

नेपालमा दर्ता भएको र कोभिड १९ भन्दा अगाडि १०० भन्दा बढी विद्यार्थीहरुका लागि नियमित कक्षा चलाइरहेका जुनसुकै स्कूल यो अनुदानका लागि योग्य हुनेछन । आवेदनको अन्तिम समय भदौ ३० गतेसम्म रहेको छ । थप जानकारीका लागि [email protected] मा इमेल गर्न वा वेबसाइट मा गएर हेर्न सक्नुहुनेछ।

फ्युजमेसिन्स एआई शिक्षा र प्रतिभा उत्पादनमा अग्रणी छ। फ्युजमेसिन्स नेपाल, अमेरिका, क्यानडा र डोमिनिकन रिपब्लिक देशमा उपस्थित रहेको छ ।

फ्युजमेसिन्स एआईमा आफ्नो विश्वव्यापी दक्षता नेपाल र विश्वभरिका शैक्षिक संस्थाहरुलाई रुपान्तरण गर्न प्रयासरत रहेको छ ।