कीवर्डहरू -

अनलाइनबाटै निःशूल्क मर्न स्ट्याक प्रोग्रामिङ सिकाउदै ब्रोडवे, यसरी हुनुहोस् सहभागी

अनलाइनबाटै निःशूल्क मर्न स्ट्याक प्रोग्रामिङ सिकाउदै ब्रोडवे, यसरी हुनुहोस् सहभागी

ब्रोडवे इन्फोसिसले अनलाइनबाटै निशूल्क मर्न (एमईआरएन) स्ट्याक प्रोग्रामिङ सिकाउने भएको छ । उक्त निशूल्क सेसन आगामी भदौ २१ गतेदेखि २४ गतेसम्म हुनेछ ।

ब्रोडवेले यसभन्दा अगाडी मर्न स्ट्याक प्रोग्रामिङको पहिलो सेसन सफलताकासाथ सम्पन्न गरिसकेको छ । प्रोग्रामिङको यो दोस्रो सेसन हो । मर्न स्ट्याक प्रोग्रामिङ मोंगो डीबी, एक्सप्रेस (जेएस) , रिएक्ट (जेएस) र नोड (जेएस) को समिश्रण हो ।

सहभागीहरुले यसमा फन्डामेन्टल्स, प्रोग्रामिङ टुल्स, फुल स्ट्याक डेभलपमेन्ट कनसेप्ट, जाभा स्क्रिप्ट ओपन सोर्स लाइबेरी कन्सेप्ट र एप्रोचको बारेमा ज्ञान हासिल गर्ने छन् ।

चारदिन सम्म सञ्चालन हुने यो कार्यक्रम हरेक बिहान १० बजेदेखि १२ बजेसम्म सञ्चालन हुनेछ । यसमा इण्डस्ट्री लिडिङ प्रशिक्षकले सिकाउने छन् । साथै यसमा टुल्स र अवसरको बारेमा  पनि जानकारी दिइने छ ।

यस कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गरी रजिष्टर गर्नुहोस् ।