कीवर्डहरू -

गूगल मिट प्रयोग गर्दा यसरी हटाउनुहोस् व्याकग्राउण्डको आवाज

गूगल मिट प्रयोग गर्दा यसरी हटाउनुहोस् व्याकग्राउण्डको आवाज

के तपाई गूगल मिट प्रयोग गर्दा व्याकग्राउण्डमा आएको आवाजले दिक्क हुनुहुन्छ ? त्यस्तो आवाजल भर्चुअल मिटिङमा वक्ताको आवाज सुन्न एकदमै गार्‍हो हुन्छ ।

यही समस्यालाई ध्यानमा राखेर गूगलले व्याकग्राउण्डको आवाज हटाइने फिचर ल्याएको छ । यो फिचर अहिले मिटको वेब संस्करणमा मात्रै रहेको छ । तर पछि यो फिचर मोबाइल एपमा पनि आउने विश्वास गरिएको छ ।

यो फिचरले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर आवाज हटाउने गर्दछ । तर यसले अरु मान्छे बोलेको र टीभीको आवाज भने हटाउन सक्दैन् । आज हामीले कसरी यो फिचर प्रयोग गर्ने बारे जानकारी दिदैछौं ।

यसरी प्रयोग गर्नुहोस् यो फिचर

•    सुरुमा गूगल मिटको वेबसाइटमा जानुहोस्
•    त्यसपछि माथिल्लो दाँया भागमा रहेको सेटिङ्ग आइकनमा थिच्ने
•    अनि अडियोलाई सेलेक्ट गर्ने
•    त्यहाँ ‘नोइज क्यानसिलेसन’ फिचरलाई इनेबल गर्ने
•    र अन्त्यमा ‘डन’ अप्सनमा क्लिक गर्ने