कीवर्डहरू -

अब अनलाइनबाटै व्यक्तिगत स्थायी लेखा नम्बर लिन सकिने

अब अनलाइनबाटै व्यक्तिगत स्थायी लेखा नम्बर लिन सकिने

अब अनलाइनबाटै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिन सकिने भएको छ । भोलि अर्थात भदौ १७ गते बुधबार देखि अनलाइनबाटै प्यान नम्बर लिन सकिने भएको हो ।

योसँगै व्यक्तिगत स्थायी लेखा नम्बर लिन अब कार्यालयसम्म जानुपर्ने बाध्यताको अन्त्य भएको छ । कोरोना महामारीको समयमा कार्यालयमा गएर प्यान नम्बर लिन नसक्ने भएपछि आन्तरिक राजस्व विभागले अनलाइनबाटै सेवा दिने व्यवस्था गरेको हो ।

विभागको वेबसाइट र मोबाइल एप मार्फत व्यक्तिगत प्यान नम्बर लिन आफ्नो विवरण र नागरिकताको फोटो अपलोड गरी आवेदन दिन सकिने छ । यसरी उपलब्ध  भएको प्यान नम्बर प्रयोग गर्न सकिने छ ।

तर कोरोना महामारीको अवस्था सहज भएपछि अनलाइनबाटै लिएको व्यक्तिगत स्थायी लेखा नम्बर र सक्कली नागरिकता लिएर कर कार्यालयमा गएमा प्यान प्रमाणपत्र समेत पाइने छ । साथै विभागको वेबसाइटबाट कर चुक्ताको प्रमाणपत्र समेत लिन सकिने छ ।