लोकप्रिय मोबाइल एप्लिकेशन ‘ हाम्रो पात्रो ’ ले सोह्र श्राद्धमा पितृहरुको सम्झनामा ‘ सीदा दान ’ गर्न सकिने सुविधा ल्याएको छ । कोभिड - १९ को संक्रमण फैलनसक्ने जोखिम र जारी निषेधाज्ञानको समयमा पुण्यकर्म सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो ।
कोरोनाको संक्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा पण्डित / गुरुहरु घरघरमा गएर श्राद्ध तथा सीदा दानको प्रक्रिया सम्पन्न गर्न असहज भएको छ । यस किसिमको संकटपूर्ण घडीमा पितृहरुलाई सम्झिदै कर्मकाण्ड सम्पन्न गर्न सकिने विकल्पको रुपमा ‘ हाम्रो पात्रो ’ ले इन्टरनेटको प्रयोग गरी एपबाटै सीदा दान गर्ने विधि सार्वजनिक गरेको हो ।
यो सेवाअन्तर्गत हाम्रो पात्रोद्वारा प्रमाणित अनुभवी वैदिक गुरुहरुले घरमै बसी भिडियो कलमार्फत् सीदा दानको प्रक्रिया सम्पन्न गर्न सघाउनेछन् । हाम्रो अनलाइन ज्योतिष सेवाअन्तर्गत प्रविधिको प्रयोग गरी पितृ समर्पणको यो विशेष कार्य सम्पन्न गर्नसकिनेछ ।
यो सेवाअन्तर्गत हाम्रो पात्रोद्वारा प्रमाणित अनुभवी वैदिक गुरुहरुले घरमै बसी भिडियो कलमार्फत् सीदा दानको प्रक्रिया सम्पन्न गर्न सघाउनेछन् । हाम्रो अनलाइन ज्योतिष सेवाअन्तर्गत प्रविधिको प्रयोग गरी पितृ समर्पणको यो विशेष कार्य सम्पन्न गर्नसकिनेछ ।
“ अहिलेको विषम परिस्थितिमा पितृ स्मरणका लागि विशेष १६ श्राद्धको प्रक्रियाबाट वञ्चित हुनुभन्दा सीदा दान गरी पितृहरुलाई तृप्त गराउनु उपयुक्त हुनेछ ” ज्योतिष गुरु नारायणप्रसाद दुलाल बताउनुहुन्छ । “ यसो गर्दा कम्तिमा पनि पितृहरुको दोष लाग्ने छैन र पुण्य प्राप्त गर्न सकिनेछ ” उहाँ अगाडि भन्नुहुन्छ , “ तर यो श्राद्ध , पिण्ड दान र तर्पण भने होइन ।
सबैका लागि वैदिक गुरुहरु भौतिक रुपमा नै बोलाएर श्राद्ध तथा सीदा दान गर्न सम्भव नभएको अवस्थामा यो सुविधा उपयुक्त हुनसक्छ । यस अघिका समयहरुमा पनि समय नहुने अथवा देशदेखि पर भएकाहरुले मठ मन्दिरमा गएर अथवा नजिकैको गुरु पण्डितहरुभएको स्थानमा गएर पितृहरुको भोजन भाग स्वरुप पँहेलो दाल , चामल , घ्यू , तेल , तरकारी लगायतका अन्य चोखो सामाग्रीहरु भाग लगाएर पितृलाई सम्झेर दान दिने गरिन्छ ।”
गुरु दुलालका अनुसार नेपाली समयानुसार बिहान ५ बजेदेखि मध्यान्न १ बजेसम्म तथा विदेशमा रहेका धर्मप्रेमीहरुका लागि नेपाली समयानुसार राति ७ देखि १० बजेसम्म यो सेवा उपलब्ध हुनेछ ।
कति
छ
त
शुल्क
?
खर्च
नियमित
पूजापाठ
अथवा
अन्य
महत्वपूर्ण
कर्मकाण्डमा
लाग्ने
खर्च
भन्दा
अत्यन्तै
न्यून
छ
।
हाम्रो
पात्रोको
यस
सीदा
दानको
सेवा
लिए
बापत
नेपाल
भित्रको
प्रयोगकर्ताको
लागि
ने
.
रु
.
५००
(
पाँच
सय
)
मात्र
राखिएको
छ
भने
अष्ट्रेलिया
बस्ने
नेपालीले
अस्ट्रेलियाबाट
यो
सेवा
उपभोग
गरेको
खण्डमा
अष्ट्रेलियाको
१५
डलर
तथा
अमेरीकाका
नेपालीहरुले
अमेरिकी
डलर
९
.
९९
मात्र
खर्चिए
पुग्छ
।
‘ हाम्रो पात्रो ’ प्रयोग गरी गुरुहरुमार्फत कसरी गर्ने सीदा दान ?
- सीदा दान गर्नु अघि त्यसका लागि केही विधिवत तयारी र नियमहरु पुरा गर्नुपर्ने हुन्छ । बिहान नित्य स्नान गरेर जातीय परम्परा अनुसार चोखो भई पानी र एउटा सिक्का पैसा साथमा लिएर आफ्ना पितृहरूलाई स्मरण गर्दै दक्षिणतर्फ फर्किएर बस्नु होस् ।
- संभव भएसम्म सीदामा चामल , तरकारी , दाल , नुन , बेसार , मसला , चिनी , तिल , मह , घ्यू , दही , फलफूल , नैवेद्य , पानी , तुलसीपत्र आदि जस्ता सामग्री तयार पारेर राख्नुहोस् ।
- आफ्नो वंशमा दिवंगत बुबा , हजुरबुबा , बुढा हजुरबुबाको सधर्मपत्नी सहितको नामावली तथा मावली तर्फको वंशमा दिवंगत हुनु भएका आमाको बुबा , हजुरबुबा , बुढा हजुर बुबाका सधर्मपत्नी सहितको नामावली र सम्भव भएसम्म अन्य पितृदेवहरूको नामावली समेत तयार पार्नुहोस् ।
- सीदा दान गर्ने व्यक्तिले सम्भव भएसम्म कालो , निलो , हरियो र रातो बाहेक सात्विक ( सेतो वा पहेँलो ) वस्त्र लगाउनु उत्तम मानिन्छ ।
- उल्लेखित नियम पुरा गरिसकेपछि यहाँ क्लिक गरी ‘ हाम्रो पात्रो ’ को वेबसाइट वा एप ( एन्ड्रोइका लागि यहाँ क्लिक गर्नुहोस् अनि आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ) खोल्नुहोस्।
- हाम्रो पात्रो एपको होम पेजमा भएको ‘ सीदा दान ’ लाई क्लिक गरेर यो सुविधाको लाभ लिन सक्नुहुनेछ ।
( वेबसाइट मा भने माथि सिरानीमा सीदा दान राखिएको छ साथै एपको बायाँतर्फ माथि सिरानीमा रहेको तीनधर्के लाइन (Menu) भित्र हाम्रो ज्योतिषको ठिक तल अनलाइन गुरु लाई क्लिक गरेर पनि सीदा दानको सुविधासँग जुट्न सक्नुहुनेछ । )
- पेज स्क्रोल गर्दै ( तलतिर सार्दै ) अन्तिममा रहेको ‘ गुरुसँग कुरा गर्नुहोस् ’ सँगै रहेको वैदिक गुरुहरुसँग सीदा दानको प्रक्रिया सुरु गर्नुहोस् लेखिएको स्थानमा दबाउनुहोस् ।
- अब त्यहाँ रहेको ‘ दक्षिणा बुझाउनुहोस् ’ लेखिएको स्थानमा क्लिक गर्नुहोस् । दक्षिणाको रुपमा शूल्क बुझाउनुपर्नेछ ।
- नेपालभित्र हुनुहुन्छ भने ईसेवा (eSewa), खल्ती (Khalti) तथा कनेक्ट आइपीएस (Connect IPS) मध्ये तपाईंसँग उपलब्ध रहेको विकल्प चयन गरी टिकट किन्नुहोस् । नेपाल बाहिरका लागि भने मास्टरकार्ड (Mastercard), भिजा (Visa), पेपाल (PayPal) आदि माध्यम प्रयोग गरी भुक्तानी गर्न सक्नुहुनेछ
- यति गरिसकेपछि तपाईंले अनलाइनमा रहेका गुरु तथा पण्डितहरुको सूची देख्नुहुनेछ । त्यसमध्ये कुनै एक पण्डितको आइकनमा क्लिक गरी भिडियो कल सुरु गर्नुहोस् ।
- यसरी भिडियो कल गरी उपलब्ध गुरु तथा पण्डितमार्फत सीदा दानका लागि प्रक्रिया सुरु गर्न सक्नुहुनेछ ( यो सुविधा प्रयोग गर्नका लागि कुनै मोबाइल नम्बर अथवा फोन नम्बर चाहिँदैन ) तर इन्टरनेट कनेक्सन भने हुन जरुरी छ ।
- प्रत्यक्ष भिडियो कलमार्फत् गुरुले सीदा दानका लागि विधिवत रुपमा आवश्यक प्रक्रियाहरुबारे जानकारी दिंदै सहजीकरण गर्नुहुनेछ र गुरुले भने अनुसार गर्दै जानुहोस् , त्यसअनुसार तपाईंले सीदा दानको कर्म पुरा गर्न सक्नुहुनेछ ।
- वर्तमान परिस्थितिमा विश्वको जुनसुकै ठाउँबाट सोह्र श्राद्धमा आफ्ना पितृको तिथिको दिन उहाँहरुको नाममा नेपालका वैदिक गुरुहरुमार्फत सीदा दानको संकल्प पुरा गरी पुण्य आर्जन गर्न सक्नुहुनेछ ।
- सङ्कल्प गरिएको सीदा आफ्नो गोत्र बाहेकका नजिकैका ब्राह्मण , आश्रम , मन्दीर वा दीन दुःखीहरुलाई श्रद्धापूर्वक अनुकुल समयमा दान दिन सक्नुहुनेछ ।
- ‘ हाम्रो पात्रो ’ को यो सेवा पूर्ण श्राद्धको प्रक्रिया अनुरुपको भने होइन । यो नितान्त जटिल परिस्थितिहरुमा पितृहरूलाई श्रद्धापूर्वक स्मरण गर्नको लागि पण्डित / गुरुहरुको सहयोगमा सीदा दानको सङ्कल्प गरिने सरल प्रक्रिया मात्र हो ।
वेबसाइटमा बुधबारदेखि उपलब्ध हुने ‘हाम्रो पात्रो’ को यो सेवा एपमा रिलिज हुन भने केही दिन लाग्नेछ । यो सेवा सोह्र श्राद्ध अवधिभर प्रयोग गर्न सकिनेछ ।