कीवर्डहरू -

गूगल सर्चमा सेलिब्रिटीको नाम सँगै अब तपाईंको नाम पनि भेटिनेछ

गूगल सर्चमा सेलिब्रिटीको नाम सँगै अब तपाईंको नाम पनि भेटिनेछ

अहिले सम्म गूगल सर्च गर्दा नाम चलेको वा सेलिब्रिटीको मात्रै नाम सर्च गर्दा मात्रै उनीहरुको जानकारी पाइन्छ । केही ठूलो काम गरेकाले या चर्चित भएको व्यक्तिको बारेमा गूगलले जानकारी दिने गर्छ ।

तर धेरैलाई आफ्नो पनि जानकारी मानिसले गूगल बाटै थाहा पाउन भन्ने इच्छा हुन्छ । यही समस्यालाई गूगलले समाधान गरिदिएको छ । यसको लागी गूगलले पिपुल कार्ड नामक नयाँ फिचर ल्याएको छ । भारतमा सार्वजनिक भएको गूगलको यो फिचर अन्य देशमा कहिले उपलब्ध हुन्छ, त्यो भने थाहा छैन् ।

यसको प्रयोग गरेर हामीले कुनै पनि व्यक्तिको बारेमा जानकारी लिन सक्छौँ । आफ्नो जानकारी दिदा अलिकति सोचेर दिनुपर्ने हुन्छ किनभने हाम्रो त्यो जानकारी विश्वको कुनै पनि मान्छेले पनि हेर्न सक्नेछन ।

यो एक किसिमको भर्चुअल भिजिटिङ् कार्ड हो । हरेक व्यक्तिले एउटा मात्रै गूगल पिपुल कार्ड बनाउन सक्नेछन् । कुनै पनि व्यक्तिले कार्डमा आफ्नो फोटो, व्यवसाय र ठेगाना दिनुपर्ने हुन्छ ।

यस्तो गर्दा एउटै नाम गरेको मान्छेहरुलाई छुट्टाउन पनि सकिन्छ । यसमा अरु जानकारी पनि थप्न सकिन्छ जस्तै आफ्नो सामाजिक सञ्जालका प्रोफाइल, अध्ययन, सम्पर्क वा आफ्नो पुर्खेली घरको बारेमा पनि बताउन सकिन्छ । गूगल पिपुल कार्ड हाल गूगल सर्चको वेब भर्सनमा मात्रै उपलब्ध रहेको छ ।