कीवर्डहरू -

ट्रिपल रियर क्यामेरा सहित वानप्लस एट स्मार्टफोन नेपालमा

ट्रिपल रियर क्यामेरा सहित वानप्लस एट स्मार्टफोन नेपालमा

वानप्लस एट स्मार्टफोन नेपालमा उपलब्ध भएको छ । यो फोन नेपालको ओलिज स्टोरमा उपलब्ध भएको हो ।

यसमा ६.५५ इन्च फ्लुइड एमोलेड फुल एचडी प्लस डिस्प्ले रहेको छ । वानप्लस एटमा ९० हर्ज रिफ्रेस रेट रहेको छ । भने यस फोनमा सुरक्षाको लागि थ्रिडी कोर्निङ गोरिल्ला ग्लास राखिएको छ ।

वानप्लस एटमा ट्रिपल रियर क्यामेरा छन् । जसमा ४८ मेगापिक्सेल सोनी प्राइमरी लेन्स, १६ मेगापिक्सेल अल्ट्रा वाइड एंगल लेन्स र २ मेगापिक्सेल म्याक्रो लेन्स छन् । त्यस्तै यसमा १६ मेगापिक्सेल सेल्फी क्यामेरा रहेको छ ।

वानप्लस एटमा अक्टाकोर सेभेन एनएम क्वालकम स्न्यापड्रयाग्न ८६५ प्रोसेसर प्रयोग गरिएको छ । यसमा एड्रेनो ६५० जीपीयु प्रयोग गरिएको छ । वानप्लस एट ओलिज स्टोरमा १२ जीबी र्‍याम र २५६ जीबी इन्टरनल स्टोरेजमा उपलब्ध भएको छ ।

वानप्लस एटमा ४३०० एमएएच ब्याट्री रहेको छ । भने फोनमा अन्डर डिस्प्ले फिङ्गरप्रिन्ट छ । ओलिज स्टोरमा १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेजको मूल्य ९३ हजार रुपैयाँ रहेको छ । यसमा निशूल्क डेलिभरीको समेत सुविधा रहेको छ ।