कीवर्डहरू -

पूर्वाञ्चल विश्वविद्यालयले ईमेलबाटै परीक्षा लिने, यस्ता छन् पालना गर्नुपर्ने नियम

पूर्वाञ्चल विश्वविद्यालयले ईमेलबाटै परीक्षा लिने, यस्ता छन् पालना गर्नुपर्ने नियम

पूर्वाञ्चल विश्वविद्यालयले ईमेल मार्फत परीक्षा लिने भएको छ । कोरोना महामारीको समयमा विश्वविद्यालयले सेमेस्टर प्रणालीका परीक्षा वैकल्पिक माध्यमबाट लिने भएको हो ।

कोरोना महामारीको समयमा विद्यार्थीहरु भौतिक रुपमा उपस्थित भएर परीक्षा दिन सक्ने भएपछि ‘टाइम बाउन्ड होम इक्जाम’ को रुपमा पूर्वाञ्चल विश्वविद्यालयले परीक्षा असोज पहिलो हप्ताबाट सुरु सञ्चालन गर्ने जनाएको छ ।

विश्वविद्यालयले टाइम बाउन्ड होम इक्जाम परीक्षा सचालन गर्दा कलेज, क्याप्स तथा परीक्षार्थीले पालना गर्नुपर्ने नियमहरु तयार गरेको छ । परीक्षामा सहभागी हुन नियम अनुसार फाराम भरेर परीक्षा व्यवस्थापन कार्यालयबाट अनिवार्य रोल नम्बर प्राप्त गरेको हुनु पर्नेछ ।

विश्वविद्यालयबाट रोल नम्बर प्राप्त गरेका विद्यार्थीले आफू बसेकै ठाउँबाट परीक्षा दिन पाउने छन् । परीक्षार्थीले परीक्षा सुरु हुनुभन्दा १० दिन अगाडी आफ्नो आधिकारिक इमेल सम्बन्धित क्याम्पसमा पठाउनु पर्नेछ । भने इन्टरनेट, विद्युत, पेन, एफोर साइज पेपर आदि परीक्षार्थी आफैंले व्यवस्थापन गर्नुपर्नेछ ।

परीक्षा सुरु हुनुभन्दा १५ मिनेट अगाडि इमेलमार्फत परीक्षार्थीले प्रश्नपत्र प्राउने छन् । उत्तरपुस्तिकाको प्रत्येक पानाको दाहिने भागको माथि आफ्नो रोल नम्बर, विषय, कार्यक्रम, तह, सेमेस्टर र पाना नम्बर अनिवार्य रुपमा लेख्नुपर्ने बताइएको छ ।

उत्तरपुस्तिकामा परीक्षार्थी आफैले हातले लेखेको हुनुपर्नेछ । यदी अरुबाट लेखाइएको, कम्प्युटर टाइप गरिएको, कार्बन कपी गरिएको, पुस्तकबाट हुबहु सारिएको वा अन्य कुनै पनि विधि प्रयोग गरिएको पाइएमा त्यस्ता उत्तरपुस्तिका स्वतः बदर हुनेछ ।

परीक्षा सकिएको दुई घण्टाभित्र उत्तरपुस्तिकाको फोटो वा स्क्यान गरेर क्याम्पस कलेजको आधारिक इमेल आईडीमा पठाउनु पर्नेछ । विश्वविद्यालयका अनुसार परीक्षमा सहभागी परीक्षार्थीको प्राप्तांक पुनर्योग हुने छैन । भने उत्तरपुस्तिकाको प्रतिलिपि समेत लिन पाइने छैन् ।

प्रश्नपत्रमा बस्तुगत प्रश्नपत्र समावेश नहुने र प्रश्नपत्र हाल प्रचलित ढाँचाकै हुने विश्वविद्यालयले जनाएको छ । त्यस्तै प्रयोगात्मक परीक्षा कोरोना सामान्य भएपछि मात्रै हुनेछ ।

त्यसैगरी परीक्षा सकिएको दुई घण्टाभित्र परीक्षार्थीले पठाएको उत्तरपुस्तिका त्यसको चार घण्टाभित्र सम्बन्धित क्याम्पस वा कलेजले विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयको आधिकारिक इमेलमा पठाइसक्नु पर्नेछ ।

यस्ता छन् पालना गर्नुपर्ने नियम