कीवर्डहरू -

पब्जी सहित ११८ एपमा भारतले लगायो प्रतिबन्ध

पब्जी सहित ११८ एपमा भारतले लगायो प्रतिबन्ध

भारतले पब्जी सहित ११८ एपमा प्रतिबन्ध लगाएको छ । सुरक्षाको कारण देखाउदै भारतले ११८ ओटा चिनियाँ एपमा प्रतिबन्ध  लगाएको हो । नयाँ प्रतिबन्धित एपमा पब्जी, विच्याट, अलिपे, क्लिनर फोन बुस्टर, चेसरस, फेस यु, बाइडु, बाइडु एक्सप्रेस इडिसन, टेन्सेन्ट वाचलिस्ट लगायत रहेका छन् ।

भारतले यसअघि सुरक्षाको कारण देखाउँदै पहिलो पटक टिकटक सहित ५९ चिनियाँ एपमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि पुनः दोस्रो पटक ४७ चिनियाँ एपमा प्रतिबन्ध लगाएको थियो ।