कीवर्डहरू -

उपत्यकामा थप एकहप्ता निषेधाज्ञा, मापदण्ड जारी भएपछि होम डेलिभरी सेवा सञ्चालन गर्न पाइने 

उपत्यकामा थप एकहप्ता निषेधाज्ञा, मापदण्ड जारी भएपछि होम डेलिभरी सेवा सञ्चालन गर्न पाइने 

काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा गरिएको छ । भदौ २४ गते राती १२ बजेसम्म लागु हुनेगरी थप एकहप्ता निषेधाज्ञा गरिएको हो ।

यो पटक‍को निषेधाज्ञा भने अघिल्लो हप्ताको भन्दा खुकुलो बनाइएको छ । अबको निषेधाज्ञामा बिहान ११ बजेसम्म खाद्यबस्तु, दुध, दुध जन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु बिक्री गर्ने पसल खोल्न पाइने छ । भने ओषधि र पानिको पसले भने दिनभरी नै खोल्न सकिने छ ।

त्यस्तै यसअघि निषेधाज्ञाको समयमा प्रतिबन्ध लगाइएको टेक अवे र अत्यावश्यक उपभोग्य वस्तुको होम डेलिभरी सेवा खुला गरिएको छ । होम डेलिभरी र टेक अवे सेवा दिने व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्नेछ ।

होम डेलिभरी गर्दा भेटेका व्यक्तिको अभिलेख समेत राख्नुपर्ने र अनलाइन भुक्तानी गर्ने गरी होम डेलिभरी सेवा सञ्चालन गर्न सकिने बताइएको छ ।  त्यसको लागि जिल्ला प्रशासन कार्यालयले डेलिभरी सेवाको मापदण्ड छिटै जारी गर्ने जनाइएको छ । मापदण्ड जारी भएपछि सेवा सञ्चालन गर्न पाइने छ ।

यस्तो छ जिल्ला प्रशासन काठमाडौंले जारी गरेको निषेधाज्ञा आदेश