कीवर्डहरू -

\'ग्लोबल इनोभेसन इन्डेक्स\'मा नेपाल ९५ औं स्थानमा, एक वर्षमा १४ स्थान माथि उक्लदै सार्क मुलुकमा दोस्रो बन्न सफल

\'ग्लोबल इनोभेसन इन्डेक्स\'मा नेपाल ९५ औं स्थानमा, एक वर्षमा १४ स्थान माथि उक्लदै सार्क मुलुकमा दोस्रो बन्न सफल

विश्व नवप्रवर्तक सूचाङ्क (ग्लोबल इनोभेसन इनडेक्स जिआईआई) मा नेपाल ९५ औं स्थानमा आईपुगेको छ । नेपाल सन् २०१९ मा १०७ औं स्थानमा थियो भने सन् २०२० मा वर्ल्ड इन्टलेक्च्युल प्रोपटी अर्गनाइजेसनले निकालेको रिपोर्ट अनुसार नेपाल ९५ औं स्थानमा उक्लिएको हो ।

संयुक्त राष्ट्रसंघ अन्तरगत रहेको यो संस्थाले अमेरिकाको कोर्नेल विश्विविद्यालयसँगको सहकार्यमा प्रत्येक वर्ष जीआईई इन्डेक्स निकाल्दै आएको छ ।

\"\"

जिआईई इन्डेक्समा स्वीजरल्याण्ड पहिलो स्थानमा रहेको छ । त्यस्तै यसमा भारत ४८, श्रिलंका १०१, पाकिस्तान १०७ तथा बंगलादेश १०६ औं स्थानमा रहेका छन् ।

सो रिपोर्ट अनुसार नेपाल 'कम आय' भएका देशभित्र तेस्रो स्थानमा रहेको छ भने मध्य तथा दक्षिण एशियामा छैटौं स्थानमा रहेको छ । त्यस्तै सार्क राष्ट्रहरुमा भारतपछि नेपाल दोस्रो स्थानमा रहेको छ ।

पछिल्लो समय नेपालमा बिज्ञान, न्नोभेशन र प्रविधि क्षेत्रमा विभिन्न गतिबिधि तथा कामहरु भैरहेका छन् । सरकारले 'बिज्ञान प्रविधि तथा नवप्रवर्तन नीति' पनि सार्बजनिक गरेको थियो । नास्ट र अन्य निजि क्षेत्रको सक्रियता र अभियानहरुले  पनि यो उपलब्धि हासिल भएको बताइएको छ ।

\"\"

बिस्तृतमा जानकारी लिन तथा रिपोर्ट अध्यन गर्न यहाँ क्लिक गर्नुहोस ।