कीवर्डहरू -

मोदीको ट्विटर अकाउन्ट ह्याक

मोदीको ट्विटर अकाउन्ट ह्याक

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निजी ट्विटर अकाउन्ट ह्याक भएको छ । बिहीबार प्रधानमन्त्रीको मोदीको निजि ट्विटर अकाउन्ट ह्याक भएको हो ।

ह्याक भएपछि सो अकाउन्टबाट प्रधानमन्त्री राहत कोषमा सहयोगको अपिल गर्दै श्रृंखलाबद्ध ट्विट भएका थिए । जसमा क्रिप्टोकरेन्सी मार्फत सहयोग प्रदान गर्न आग्रह गरिएको छ ।

अहिले सो अकाउन्टबाट गरिएका ट्विटहरु हटाइएको छ । अकाउन्ट ह्याकबारे अनुसन्धान भइरहेको ट्विटरले जनाएको छ । साथै अकाउन्ट सुरक्षित राख्न आवश्यक कदम चालिएको जनाइएको छ ।