कीवर्डहरू -

यसरी बनाउनुहोस् आफ्नो ट्वीटर अकाउन्ट सुरक्षित

यसरी बनाउनुहोस् आफ्नो ट्वीटर अकाउन्ट सुरक्षित

हालै गएको महिनामा धेरै जना चर्चित व्यक्तिहरुको ट्विटर अकाउन्ट ह्याक भएको थियो । आज पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको ट्वीटर अकाउन्ट ह्याक भएको छ ।

आज हामी आफ्नो ट्विटर अकाउन्ट कसरी सुरक्षित राख्ने बारेमा केही तरिकाको जानकारी दिदैछौं । जसले गर्दा तपाईको अकाउन्ट सुरक्षित हुन सक्छ ।

सर्वप्रथम हामीले टु स्टेपको अथेन्टिकेसन प्रक्रिया पुरा गर्नुपर्छ । टु स्टेप अथेन्टिकेसन लागु भएपछि अकाउन्ट लगइन गर्न ओटिपी कोडको आवश्यक पर्छ । त्यो तपाईको फोन नम्बरमा आउछ । यसले गर्दा दुई तहको सुरक्षा निश्चित हुन्छ ।

तर ह्याकरहरु सँग आन्तरिक पहुँच भयो भने यो प्रक्रिया काम लाग्दैन् । ब्लक, अनफलो र रिपोर्ट त जुन कुनै सोसल मिडियामा पनि गर्न सकिन्छ र यसमा पनि त्यही नै प्रक्रिया हो ।

ट्वीटरको नियमावली तोडेको जस्तो लागेको खण्डमा त्यो अकाउन्टहरुलाई रिपोर्ट पनि गर्न सकिन्छ । आफ्नो अकाउन्ट  प्राइभेट बनाएर पनि अकाउन्टलाई सुरक्षित पार्न सकिन्छ । यति गर्दा आधारभूत सुरक्षा भने पाउन सकिन्छ ।