कीवर्डहरू -

रोबोटिक्स तथा प्रोग्रामिङ सम्बन्धि अनलाइन कक्षा सुरु गर्दै रोबोटिक्स एशोसिएसन अफ नेपाल

रोबोटिक्स तथा प्रोग्रामिङ सम्बन्धि अनलाइन कक्षा सुरु गर्दै रोबोटिक्स एशोसिएसन अफ नेपाल

रोबोटिक्स एशोसिएसन अफ नेपाल (र्‍यान) ले रोबोटिक्स तथा प्रोग्रामिङ अनलाइनबाटै सिकाउने भएको छ । अनलाइनबाटै सिकाउनको लागि र्‍यानले रजिष्ट्रेसन खुल्ला गरेको हो ।

र्‍यानले आगामी आईतबार अडुईनो प्रोग्रामिङ, मंगलबार रोस (थ्रिडी रोबोट साइमल्टेसन), बिहीबार एण्ड्रोइड एप्लिकेसन डेभलपमेन्ट सम्बन्धि कोर्ष पढाउने छ । कक्षा समय बिहाम साढे १० बजेदेखि ४ बजेसम्म रहेको छ ।

उज्जव एजुकेसन अन्तर्गत सञ्चालन हुने यी कोर्षमा जुनसुकै व्यक्तिहरुले पनि सहभागी जनाउन सक्नेछन् । यी कोर्षको शूल्क ३ सय रुपैयाँ राखिएको छ ।

अन्य नयाँ कोर्षहरु पनि ल्याउने र्‍यानले तयारी गरेको छ । तपाई पनि यी कोर्षमा सहभागी जनाउन चाहनुहुन्छ भने यहाँ क्लिक गरी रजिष्टर गर्नुहोस् । त्यस्तै कोर्षको शूल्क फोन पेको क्युआर कोड स्क्यान गरेर वा ईसेवाबाट तिर्न सकिने छ ।

\"\"