कीवर्डहरू -

होम डेलिभरी सम्बन्धि मापदण्ड जारी, दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म डेलिभरी गर्न पाइने

होम डेलिभरी सम्बन्धि मापदण्ड जारी, दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म डेलिभरी गर्न पाइने

ईकमर्स कम्पनीहरुले अब दिउँसो १ बजेदेखि साझ ७ बजेसम्म होम डेलिभरी सेवा सञ्चालन गर्न पाउने भएका छन् । निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवा होम डेलिभरी गर्ने सम्बन्धि मापदण्डमा यस्तो व्यवस्था भएको हो ।

कम्पनीले अनलाइन साइटमा सबै वस्तु तथा सेवाको मूल्य अनिवार्य खुलाउने, सेवाग्राहीसँग २ मिटरको भौतिक दुरी कायम गर्ने, होम डेलिभरी गर्ने व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ तथा डेलिभरी गर्नेले अनिवार्य रुपमा कम्पनीको लोगो नाम सहित व्यक्तिगत सुरक्षा उपकरण जस्तै  मास्क, फेस सिल्ड, सेनिटाइजर लगाएको हुनु पर्नेछ ।

नयाँ मापदण्ड अनुसार अत्यावश्यक फुड आइटम, औषधि तथा औषधिजन्य उत्पादन, बच्चाले प्रयोग गर्ने सामग्री, मातृस्वास्थ्य स्याहारजन्य उत्पादन, छाला तथा कपालको सुरक्षा सम्बन्धित उत्पादन, कृषि जन्य बिज बिजन उपकरण र औषधि, घरपालुवा जनावरको स्याहार सम्बन्धि उत्पादन र व्यक्तिगत सरसफाई तथा सुरक्षासँग सम्बन्धित उत्पादनको  होम डेलिभरी गर्न अनुमति दिइएको छ ।

त्यस्तै सरकारले तोकेको जनस्वास्थ्य, सुरक्षाका मापदण्ड र प्रोटोकलको पालना गर्नुपर्नेछ । होम डेलिभरी गर्ने कम्पनीले अनिवार्य रुपमा डेलिभरी व्यवसायको नाम सम्पर्क नम्बर तथा डेलिभरी कार्यमा प्रयोग हुने सवारी साधनको विवरण जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र ट्राफिक कार्यालयमा उपलब्ध गराउनु पर्नेछ ।

होम डेलिभरी लिने व्यक्तिको समेत नाम, घर, ठेगाना तथा मोबाइल नम्बरको जानकारी अनिवार्य रुपमा राख्नुपर्नेछ ।

यस्तो छ मापदण्ड