कीवर्डहरू -

पीडीएफ फाइललाई कसरी मर्ज गर्ने ? 

पीडीएफ फाइललाई कसरी मर्ज गर्ने ? 

हामीहरु पटक पटक पिडिएफ फाइलहरु मर्ज गर्ने कोसिस गर्छौं । पिडिएफ फाइल डिजिटल ढाँचाको रुपमा डकुमेन्ट तथा रिजुमको लागि अलि बढी प्रयोग हुने गर्छ । 
आज हामी तपाईलाई कसरी पिडिएफ फाइललाई मर्ज गर्ने विषयमा जानकारी दिदैछौं ।

  •  सबैभन्दा पहिले तपाई कम्प्युटर वा मोबाइलमा भएको कुनैपनि ब्राउजरमा जानुहोस । 
  •  ब्राउजरमा गएर मर्ज पिडीएफ अनलाइन टाइप गर्नुहोस । 
  •  टाइप गरेपछि तपाईले त्यहाँ सिम्पल पिडिएफ, आई लभ पिडिएफ, पिडिएफ टु गो, कम्बाइन पिडिएफ लगायतका मल्टिपल लिङ्कहरु देख्न सक्नु हुनेछ ।
  • त्यसपछि त्यहाँ देखिएको कुनैपनि लिङ्कमा पनि क्लिक गरी तपाईले मर्ज गर्न चाहेको फाइललाई अपलोड गर्नुहोस ।
  •  यदि आवश्यकता अनुसार अर्डर मिलेन भने रिअर्डर गर्नुहोस ।
  •  त्यसपछि रिअर्डरमा क्लिक गर्नुहोस र पिडिएफ फाइल मर्ज गर्नुहोस ।