कीवर्डहरू -

प्रदेश ५ का १९ विद्यालयलाई प्रविधिमैत्री बनाउन एनआईसी एशिया बैंकले प्रदान गर्‍यो सफ्टवेयर

प्रदेश ५ का १९ विद्यालयलाई प्रविधिमैत्री बनाउन  एनआईसी एशिया बैंकले प्रदान गर्‍यो सफ्टवेयर

एनआईसी एशिया बैंकले प्रदेश ५ का १९ वटा विद्यालयलाई सफ्टवेयर प्रदान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै बैंकले प्रदेश ५ का १९ वटा विद्यालयलाई प्रविधि मैत्री बनाउन सफ्टवेयर सहयोग गरेको हो ।

बैंकले प्रदेश ५ स्थित सुनवल नगरपालिकाका १७, बुटवल उपमहानगरपालिका र रिब्दीकोट गाउँपालिकाका १/१ गरी १९ वटा सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउन ‘ब्राइट स्कूल सिस्टम’ नामक सफ्टवेयर सहयोग गरेको छ ।

सामुदायिक विद्यालयहरूको परम्परागत शैक्षिक प्रणालीलाई आधुनिकीकरण गरी प्रविधिमैत्री वातावरण बनाउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नो प्रयासबाट उक्त सफ्टवेयर प्रदान गरेको जनाएको छ ।

सफ्टवेयरमा विद्यालय नीति, हाजिरी, भुक्तानी सेवा, स्मार्ट कक्षा, अभिभावक मञ्जुरी फारम, रिपोर्ट कार्ड, शुल्क सूची, सार्वजनिक विदाहरू, विद्यार्थीहरूको गृहकार्य, परीक्षा तालिका, खेलकुद कक्षा, सूचनाहरू लगायतका सुविधाहरू रहेको छ ।

एनआईसी एशिया बैंकले प्रगति माध्यमिक विद्यालय, वाकवाणी माध्यमिक विद्यालय, जगन्नाथ माध्यमिक विद्यालय, भगवति माध्यमिक विद्यालय, जनजागृति आधारभूत विद्यालय, जनसेवा माध्यमिक विद्यालय, महाकवि देवकोटा नमुना माध्यमिक विद्यालय, अरनिको माध्यमिक विद्यालय, सार्वजनिक आधारभूत विद्यालय, ज्योति माध्यमिक विद्यालय, रमवापूर माध्यमिक विद्यालयलाई सफ्टवेयर प्रदान गरेको हो ।

त्यस्तै बैंकले धन्याञ्चल महायज्ञ माध्यमिक विद्यालय, विरेन्द्र आधारभूत विद्यालय, नवदुर्गा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, सोमनाथ आधारभूत विद्यालय, सुनवल आधारभूत विद्यालय, जनता माध्यमिक विद्यालय र जितेश्वरी माध्यमिक विद्यालयलाई ब्राइट स्कूल सिस्टम सफ्टवेयर प्रदान गरेको छ ।

यी विद्यालयमा अध्ययनरत करिब २५ हजार विद्यार्थी तथा अभिभावकहरू लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।