कीवर्डहरू -

नेपाल टेलिकमले ल्यायो डाटामा बोनस सहितको आकर्षक “विन्टर अफर”

नेपाल टेलिकमले ल्यायो डाटामा बोनस सहितको आकर्षक “विन्टर अफर”

नेपाल टेलिकमले विशेष जाडो महिनामा सम्पूर्ण जीएसएम र सिडीएमए प्रयोगकर्ताहरुको लागि  बिभिन्न  डाटा प्याकको अफर ल्याएको छ । टेलिकमको विन्टर अफर’ आज शुक्रबार बाट लागु हुनेछ र  यसको समयावधि २०१८ को फेब्रुअरी ४ सम्म रहने छ । विन्टर अफर अन्तर्गत बिभिन्न डाटा प्याकहरु : अल टायम डाटा प्याक,नाइट डाटा प्याक,फेसवुक/इन्स्टाग्राम डाटा प्याक तथा एसएमएस जस्ता प्याकहरु समाबेश गरिएको छ ।

विन्टर अल टायम डाटा प्याक :

अल टायम डाटा प्याक जिएसएम प्रिपेड/पोस्टपेड तथा सिडिएमएका प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् ।यस अफर मार्फत प्रयोगकर्ताले लाइभ टिभी र युटुव प्रयोग गर्न सक्ने छन् । यसको लागि बोनस डाटा पनि प्रदान गरिएको छ। साथै लाइभ टिभी भने वाओ टाइम एप्लिकेसनबाट पनि हेर्न सकिने छ ।

अल टायम डाटा प्याक अन्तर्गत प्रयोगकर्ताले रु १२ मा तिन दिन चलाउन पाउने गरि २५ एमबि डाटा प्याक प्राप्त गर्नेछन् र साथमा १ दिनभरि चलाउन पाउने गरि २५ एमबी डाटा स्ट्रिमिङ बोनसको रुपमा पाउने छन् ।

त्यस्तै १५० एमबी १४ दिन सम्म चलाउन पाउने प्याकेज प्रयोग गर्नको लागि भने रु ६० पर्दछ छ । साथमा तिन दिन चलाउन पाउने गरि १५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध हुनेछ ।

रु एक सय २० मा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५०० एमबी डाटा र पाँच दिनसम्म उपभोग गर्न पाउने गरी ५०० एमबी स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध गराइएको छ ।

विन्टर नाइट डाटा प्याक :

जीएसएम र सिडीएमएका प्रयोगकर्ता हरुको लागि ल्याईएको यो अफरमा पनि प्रयोगकर्ताहरुले लाइभ टिभी र युट्युब स्ट्रिमिङ बोनसको रुपमा प्रयोग गर्न पाउनेछन् । तर यसको समय भने राति १० बजे बाट बिहान ६ बजे सम्म निश्चित गरिएको छ ।

नाइट डाटा प्याक अन्तर्गत रु १२ मा तिन दिन भ्यालिडीटि सहितको १२० एमबी डाटा प्याक लिन सकिन्छ र साथमा एकदिन दिनभर चलाउन मिल्ने १२० एमबी स्ट्रिमिङ प्याक बोनस पनि दिईएको छ ।

७०० एमबि प्याकको रु ६० रहेको छ र यसको भ्यालिडीटि सात दिन सम्मको रहेको छ साथमा तिन दिन दिनभर चलाउन मिल्ने ७०० एमबी स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध गराइएको छ ।

त्यसैगरि १६०० एमबी डाटाको रु १२० पर्छ र यसमा सातदिन भ्यालिडीटि सहितको १६०० एमबी स्ट्रिमिङ प्याक उपलब्ध छ ।

विन्टर फेसबुक तथा इन्स्टाग्राम डाटा प्याक :

यो अफरमा अल टायम फेसबुक तथा इन्स्टाग्राम सहित लाइभ टिभी र युट्युब स्ट्रिमिङ बोनसमा प्रयोग गर्न मिल्छ । त्यस्तै लाइभ टिभीको लागि भने वाओटायम एप्लिकेसनको प्रयोग गर्नु पर्ने हुन्छ । यसमा ५० एमबी डाटा प्याक लिदा तिन दिन सम्म चलाउन सकिन्छ र यसमा चौविस घण्टा चलाउन मिल्ने  ५० एमबी स्ट्रीमिङ बोनस उपलब्ध छ ।

यसरिनै २७५ एमबी प्याकको रु ६० पर्छ र यो चौध दिन सम्मको भ्यालिडीटि रहेको हुन्छ । यसमा पनि तिन दिन सम्म चलाउन मिल्ने २७५ एमबी डाटा स्ट्रीमिङ बोनस रहेको छ ।

फेसबुक तथा इन्स्टाग्राम डाटा प्याक अन्तर्गत ६०० एमबी प्याक लिनको लागि रु १२० तिर्न पर्छ यसमा पाँचदिन भ्यालिडीटि सहितको ६०० एमबी स्ट्रीमिङ बोनस आउँछ।

एसएमएस प्याक :

प्रयोगकर्ताहरुले आफन्त तथा साथीभाईहरु सँग जुनसुकै बेला पनि सस्तो दरमा कुराकानी गर्न सकुन  भन्ने उद्द्देश्यले नेपाल टेलीकमले यो आकर्षक एसएमएस प्याक अफर ल्याएको हो । यसको पनि भ्यालीडीटि २०१८ को फेब्रुअरी ४ सम्मनै रहेको छ । यो अफर अन्तर्गत जिएसएम तथा सिडीएमनै प्रयोगकर्ताहरुले रु. १० रुपैयामा ५० वटा एसएमएस गर्न सक्ने छन् र थप ५० वटा एसएमएस बोनसको रुपमा प्राप्त गर्नेछन् र यसको भ्यालिडीटि भने ५ दिन सम्मको रहेको छ ।