कीवर्डहरू -

क्यान महासंघ रुपन्देहीले ‘कोभिड १९- सूचना प्रविधि सान्दर्भिकता’ विषयमा वेबिनार गर्दै

क्यान महासंघ रुपन्देहीले ‘कोभिड १९- सूचना प्रविधि सान्दर्भिकता’ विषयमा वेबिनार गर्दै

कम्प्युटर एशोसिएसन नेपाल (क्यान महासंघ) रुपन्देहीले ‘कोभिड १९ सूचना प्रविधि सान्दर्भिकता’ विषयकमा वेबिनार आयोजना गर्ने भएको छ । क्यान महासंघ रुपन्देही र जेनश सोलुसनको सहकार्य भदौ २० गते शनिबार ‘कोभिड १९ सूचना प्रविधि सान्दर्भिकता’ विषयमा वेबिनार आयोजना गर्ने भएको हो ।

सो वेबिनार कार्यक्रममा प्रस्तुतकर्ताको रुपमा सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान प्रदेश ५ का कार्यकारी निर्देशक ईन्जिनियर अनुप बाँस्कोटा, त्रिभुवन विश्वविद्यालयका सूचना प्रविधि शिक्षा विज्ञ रोमकान्त पाण्डे र स्काई इन्टरनेशनल कलेजका प्राचार्य ईन्जिनियर संजिव भण्डारी रहेका छन् ।

कोरोना भाइरसको समयमा सूचना प्रविधिको सान्दर्भिकता विषयमा आयोजना हुने यस कार्यक्रमको सहजकर्ताको रुपमा क्यान महासंघ रुपन्देहीका उपाध्यक्ष बीर बहादुर श्रेत्री रहेका छन् । शनिबार बिहान ११ बजेबाट यो वेबिनार सुरु हुनेछ ।

\"\"