कीवर्डहरू -

वैकल्पिक सिकाई सहजिकरण निर्देशिका परिमार्जन हुने

वैकल्पिक सिकाईलाई प्रभावकारी रुपमा अघि बढाउन शिक्षा मन्त्रीको आग्रह 

वैकल्पिक सिकाई सहजिकरण निर्देशिका परिमार्जन हुने

कोभिड १९ को कारण अवरुद्ध भएको नियमित पठापाठनलाई केहि राहत दिने उदेश्यले सरकारले वैकल्पिक सिकाई प्रणाली सञ्चालन गरिरहेको छ । सरकारले असार १ गतेदेखि सञ्चालनमा ल्याएको बैकल्पिक सिकाई सहजिकरण निर्देशिकालाई केहि परिवर्तन गर्दै नयाँ निर्देशिका अनुसार शिक्षा प्रणालीलाई अघि बढाउने तयारी गरेको छ ।

शुक्रवार भर्चुअल पत्रकार सम्मेलन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक सिकाईलाई अझ प्रभावकारी बनाउदै लगिने बताएका छन । विश्वविद्यालयसँग ६ महिनाको वैकल्पिक शिक्षा सञ्चालनको क्यालेन्डर समेत तयार पार्न लगाएको मन्त्रि पोख्रेलले बताए । कोरोनाले निम्त्याएका महामारीको कारण तत्काल विद्यालय तथा कलेज सञ्चालनमा आउन नसक्ने भएको कारण अब बैकल्पिक सिकाईको माध्यमलाई नै तत्काल मान्यता दिने गरि कार्यक्रमहरु ल्याइने मन्त्रीले जानकारी दिए ।

मन्त्री पोखरेलले भने "अबको केहि दिनमा वैकल्पिक सिकाई निर्देशिकालाई केहि परिमार्जैन गर्दै सार्वजनिक गर्नेछौ । "

अहिलेको अवस्थालाई मध्यनजर गर्दै सबैले सहयोग गर्न र विशेषगरी अभिभावकहरुले विद्यार्थिको सिकाईमा सहजिकरण गर्न मन्त्रीले आग्रह गरेका छन ।

आज बसेका मन्त्रिपरिषद वैठकमा समेत यसबारेमा विशेष छलफल भएको र प्रधानमन्त्रीले विभिन्न ५ वैकल्पिक सिकाईमा समेत समावेश नभएका विद्यार्थीलाई अन्य माध्यमबाट शिक्षा प्रणालीमा जोड्नुपर्नेमा कुरा उठाएको कारण मन्त्रालयले थप गृहकार्य अघि बढाएको मन्त्री पोखरेलले बताए । उनले भने "अबको केहि दिनमा वैकल्पिक सिकाई निर्देशिकालाई केहि परिमार्जैन गर्दै सार्वजनिक गर्नेछौ । " अहिलेको अवस्थालाई मध्यनजर गर्दै सबैले यसमा सहयोग गर्न र विशेषगरी अभिभावकहरुले विद्यार्थिको सिकाईमा सहजिकरण गर्न मन्त्रीले आग्रह गरेका छन ।

निजि क्षेत्रका विद्यार्थीहरुले पनि अभिभावकलाई मार नपर्नेगरी शुल्क उठाउन सक्ने छुट दिइएको मन्त्रालयले जनाएको छ । नेपालमा इन्टरनेट तथा डिजिटल कनेक्टिभिटीको पहुच सबैठाँउमा नपुगेको कारण अनलाइन पढाई मात्र वैकल्पिक पढाई हो भन्ने नसोच्न मन्त्री पोखरेलले आग्रह गरेका छन । यसैगरी नेपाल टेलिकमसँग पनि सस्तो डाटाप्याक उपलब्ध गराएर अनलाइन सिकाईलाइ प्रभावकारी बनाउन काम गरिरहेको मन्त्री पोखरेलको भनाई थियो ।