कीवर्डहरू -

कोभिड १९ र सूचना प्रविधि

दैनिक जीवनयापन देखि कोरोना रोगथाम लागायतका कुराहरूलाई हेर्दा अहिलेको अवस्थामा हामीले सूचना प्रविधिलाई एउटा मेरुदण्डको रूपमा हेर्न सक्छौं। 

कोभिड १९ र सूचना प्रविधि

प्रज्वल शर्मा, प्रवन्ध निर्देशक
आइसबर्ग टेक्नोलोजी प्राइभेट लिमिटेड

कोरोना भाइरसको महामारीले सम्पूर्ण मानव जाति आक्रान्त रहेको अवस्था साथै विश्व अर्थतन्त्रको आधार र संरचना लाई नै चुनौती दिएर विश्वका शक्तिसाली देश देखि कमजोर आय भएका राष्ट्रहरूलाई जटिल र संवेदनशील अवस्थामा धकेलिरहेको व्यापार, ब्यवसाय, सरकारी संयन्त्र, शिक्षा, स्वास्थ्य  लागायतका निजी क्षेत्र समेत आर्थिक संकटको सामना गरी रहेको अवस्था छ। यो अवस्थामा केही हदसम्म विश्व व्यापारीकरण लगायतको सूचना प्रविधिले पूर्ण रूपमा टेवा पुर्याएको पाइन्छ। तथापि आर्थिक असमझदारीका बावजुत पूर्ण लाभ उठाउन केही समस्या परेको अवस्य देखिन्छ।

यो अवस्थामा केही हदसम्म विश्व व्यापारीकरण लगायतको सूचना प्रविधिले पूर्ण रूपमा टेवा पुर्याएको पाइन्छ। तथापि आर्थिक असमझदारीका बावजुत पूर्ण लाभ उठाउन केही समस्या परेको अवस्य देखिन्छ।

यस्तो अवस्थामा सूचना प्रविधिलाई पनि कोभिडले एउटा चुनौतीको रूपमा तर्साएको पक्कै पनि हो। चुनौतीका बावजुत यसलाई अवसरको रूपमा प्रयोग गरेर जानु त्यति सहज भने छैन। तैपनि दैनिक जीवनयापन देखि कोरोना रोगथाम लागायतका कुराहरूलाई हेर्दा अहिलेको अवस्थामा हामीले सूचना प्रविधिलाई एउटा मेरुदण्डको रूपमा हेर्न सक्छौं।

सूचना प्रविधिलाई मुख्यत हामीले हेर्दा पनि यो कम्प्युटर र प्रविधिको रूपमा मात्र नभई अहिले हामीले चल्ने प्रत्येक कदमको सारथी भन्दा फरक नपर्ला। विश्वमा रियल टाइम सूचना आदान प्रदानको मुख्य भूमिकामा रहेर कोरोना समयमै स्वास्थय क्षेत्रलाई अतुलनीय योगदान पुर्याउदै आएको देखिन्छ। विभिन्न टेस्टिङ सुविधा, प्रयोगशाला सहजीकरण, कन्ट्रयाक्ट ट्रेसिङ देखि अहिलेको विकल्प एकान्तबासको समयमा सामाजिक दूरी सहित  डाक्टर नर्स हरु संग गर्न सकिने परामर्श साथमा हामीले हेदा विभिन्न देशको सरकार हरुलाई पनि यसले नयाँ सहकार्यको लागि  योगदान दिएको देख्न सकिन्छ।

\"\"

अनलाइन बाटै रिपोर्ट आउने जस्ता कुराहरूको लागि पनि एउटा अहम भूमिका खेलेको साथै आर्टिफिसियल टेक्नोलोजीको प्रयोग स्वास्थ्य क्षेत्रमा बढ्दै जानु अनि टेक्नो मेडिसिन जस्ता कुराहरु अहिले आउनुले अझै निकट भविष्यमा पनि एउटा सम्भावनाको रूपमा हामीले नियाल्न सकिन्छ।

हाम्रो सन्दर्भमा पनि अहिले स्वास्थ्य मन्त्रालयले ल्याएको हाम्रो स्वास्थ्य एप मार्फत हामीले जानकारी मुलक संदेश, दैनिक अपडेट साथै स्व मूल्यांकन गर्ने सुविधा प्रदान गरेको छ। यसमा पनि सूचना प्रविधिलाई अलग्याउन सकिन्न। ऋइख्क्ष्म् को सहजीकरणमा सूचना प्रविधिको पाटो विभिन्न एप लगाएत रोबर्ट, क्यामेरा ड्रोन लगायतले पनि भूमिका खेलेको छन्।

घरमै बसेर अनलाइन बाट सूचना दिएको आधरमा स्वाव कलेक्सन देखि बिरामी हरुको माग अनुसारको औषधि हरु घरमै पुर्याउने सुविधा। अनलाइन बाटै रिपोर्ट आउने जस्ता कुराहरूको लागि पनि एउटा अहम भूमिका खेलेको साथै आर्टिफिसियल टेक्नोलोजीको प्रयोग स्वास्थ्य क्षेत्रमा बढ्दै जानु अनि टेक्नो मेडिसिन जस्ता कुराहरु अहिले आउनुले अझै निकट भविष्यमा पनि एउटा सम्भावनाको रूपमा हामीले नियाल्न सकिन्छ।

यसरी यो महामारीको बावजुत हामीले देख्न सक्छौ अनलाइन क्लास लागतको कुराहरूले अहिले विदयार्थीहरु शिक्षक हरुपनि सूचना प्रविधितर्फ अव्यस्त हुँदै गएको पाइन्छ। कति व्यवस्यहरुमा पनि घरमै बसेर काम गर्न सकिने रैछ भन्ने आवास दिलाएको पाइन्छ र त्यो सहजीकरण पनि भएको छ। कति मिटिङ देखि देश विदेशका सेमिनार सम्ममा हामीले घरमै बसेर प्रत्यक्ष भाग लिन पाएको छौँ।

आफ्नो रुचि अनुसार रिसर्च गर्ने स्व अध्यन लगायतको कुरामा हाम्रो सोचाइ बढ्न थालेको देखिन्छ । यो कुरामा लागि अब्यस्त हुनको लागि अहिले गुगल मिट, जुम, माइक्रोसफ्ट टिम्स लगायतका एपको उल्लेखनीय प्रयोग भएको देखिएको छ।

अहिले बढ्दै गएको अनलाइन व्यापार e-commerce साथै सम्पूर्ण क्षेत्रको व्यवसाय हरु पनि डिजिटल बन्नको लागि यो समयमा थप प्रेरणा मिलेको बुझिएको छ र यो हुन पनि जरूरत देखिन्छ। प्रविधिको युगमा नयाँ प्रयोग गरिरहेको हाम्रो नेपालजस्तो देशमा हामीले सबैकुरा स्मार्ट तथा डिजिटल बनाउने भनेर लागि परेको अवस्थामा र अहिलेको समयको यो प्रयोगले पक्कैपनि हामीलाई केही आधार बनेको देखिन्छ । यो अवस्थामा हामीपनि  टेक्नोलोजी तर्फ सोचाइ राख्ने भएको छौँ। यो हुँदा पक्कै पनि हामीले ५/७ वर्ष पछि देख्न पाउने कुरा आहिले नै सम्भब बन्न पुगेको देखिन्छ।