कीवर्डहरू -

फेसबुकले इन्स्टाग्रामको स्टोरी आफ्नो फिडमा पनि सेयर गर्न मिल्ने फिचरको जाँच गर्दैं

फेसबुकले इन्स्टाग्रामको स्टोरी आफ्नो फिडमा पनि सेयर गर्न मिल्ने फिचरको जाँच गर्दैं

फेसबुकले इन्स्टाग्रामको स्टोरी आफ्नो फिडमा पनि सेयर गर्न मिल्ने फिचरको जाँच गरिरहेको छ । स्न्यापच्याटमा पहिले देखि भएको स्टोरी फिचरलाई, जुकरबर्गले आफ्नो सबै सामाजिक सञ्जालमा प्रयोग गरेका थिए तर यसले इन्स्टाग्राममा मात्रै सबै भन्दा राम्ररी काम गरेको थियो।

यस कारण फेसबुकले इन्स्टाग्रामको स्टोरी सिधै फेसबुकमा पनि हाल्ने फिचरको प्रयोग गरेर कतिको उपयुक्त हुन्छ भनेर हेरिरहेको छ ।

फेसबुकले अहिले स्टोरीलाई क्रसपोष्ट गर्न दिन्छ तर यो एक मेनुअल प्रक्रिया हो र यूजरले त्यो पोष्टलाई फेसबुकमा पनि सेयर गर्ने कि नगर्ने भनेर आफै छान्न पाउँछन् ।

जुकरबर्गकै अरु साइटहरुमा स्टोरी फिचर त्यति सफल नभएकाले यस्तो गरिएको हो । फेसबुकले कुन स्टोरी इन्स्टाग्रामबाट आएको हो र कुन फेसबुकमै पोष्ट गरिएको हो भनेर चिह्न पनि लगाइदिन्छ ।

तर इन्सटाग्राममा फलो गरेको व्यक्ति र आफ्नो अकाउन्ट फेसबुक सँग लिङ्क गरेकाले मात्रै इन्स्टाग्रामको स्टोरी फेसबुकमा हेर्न पाउनेछन् ।