कीवर्डहरू -

टिन्डर सहित पाँच डेटिङ एप पाकिस्तानमा प्रतिबन्ध

टिन्डर सहित पाँच डेटिङ एप पाकिस्तानमा प्रतिबन्ध

पाकिस्तानले आफ्नो देशमा पाँच ओटा डेटिङ्ग एपलाई ब्याण्ड गरेको छ । ती एपहरुले नैतिक मान्यता नराखेको र स्थानीय कानून नमानेको बताइएको छ ।

अहिले पाकिस्तान अनैतिक सामाग्रीहरुलाई हटाउने लक्ष्यले अघि बढेको छ । रोयटर्सको रिपोर्ट अनुसार पाकिस्तान दूरसञ्चार प्राधिकरणले पाँचवटा एपलाई ब्याण्ड गरिसकेको छ ।

पाकिस्तान सरकारले टीन्डर, ग्रीन्डर, टयागड् , स्काउट र सेहाई  एपलाई ब्यान गरेको हो । टीन्डरलाई गत १२ महिनामा ४४ लाख पटक डाउनलोड गरिएको थियो । ग्रीन्डर, टयागड्  र सेहाईलाई ३ लाख पटक डाउनलोड गरिएको थियो र स्काउटलाई भने १ लाख पटक डाउनलोड गरिएको थियो ।

पाकिस्तानले समलैंगिकता र अतिरिक्त वैवाहिक सम्बन्धलाई एकदमै नराम्रो सजाय दिने गर्दछ । त्यही कारणले त्यहाँ डेटिङ्ग एपलाई पनि त्यति राम्रो मानिदैन् ।