कीवर्डहरू -

महालक्ष्मी विकास बैंक र सेन्ट्रल डायगोनोस्टिक ल्याबबीच सम्झौता

महालक्ष्मी विकास बैंक र सेन्ट्रल डायगोनोस्टिक ल्याबबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमण परिक्षण (पिसीआर टेष्ट) का साथै अन्य गुणस्तरीय स्वास्थ्य सेवामा छुट प्रदान गर्ने उद्देश्यले सेन्ट्रल डायगोनोस्टिक ल्याब्रोटरीसँग भदौ २१ गते एक सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ताले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी लगायत कर्मचारीका परिवारले सेन्ट्रल डायगोनोस्टिक ल्याब्रोटरीमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन् ।

सम्झौता अनुसार बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी साथै कर्मचारीका परिवारले जनरल प्याथोलोजी टेष्टमा अधिकतम २५ प्रतिशत, र कोभिड १९ को संक्रमण परिक्षण पीसीआर परीक्षणमा अधिकतम १५ प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

देशका १०२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।