कीवर्डहरू -

सबै स्थानीय तहका लागि अब एउटै एप, विद्युतीय माध्यमबाटै भुक्तानी पनि गर्न सकिने

सबै स्थानीय तहका लागि अब एउटै एप, विद्युतीय माध्यमबाटै भुक्तानी पनि गर्न सकिने

देशभरका ७५३ वटै स्थानीय तहका लागि एउटै टेम्पेलेटमा बनेको मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएको छ । सूचना प्रविधि विभागले आईतबार प्रेस विज्ञप्ती जारी गर्दै देशभरका सबै स्थानीय तहका लागि एउटै मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

यो एप हालसम्म ४३३ स्थानीय तहले प्रयोगमा ल्याएका छन् । यो एपको प्रयोग गरेर नागरिकले सम्बन्धित स्थानीय तहद्वारा प्रदान गरिने सेवाहरु, कार्यक्रम तथा परियोजना, ऐन नियम, वडाहरुको विवरण, महत्वपुर्ण स्थानहरु आपतकालिन नम्बर, सुझाब तथा गुनासो पेश गर्न, समस्या दर्ता गर्न, जनमत जाहेर गर्न र दोहोरो संवाद लगायत अन्य सुचना तथा जानकारी सजिलै प्राप्त गर्न सक्ने छन् ।

साथै यस एपबाट हाल फैलिएको कोभिड १९ महामारीमा सूचना प्रवाह गर्न सकिने छ । त्यस्तै स्थानीय तहबाट प्रदान गरिने सेवाहरु वापतको भुक्तानी नागरिकहरुले एपबाटै विद्युतीय माध्यमबाट गर्न सक्ने छन् ।

सबै स्थानीय तहको फरक पहिचान हुने गरी यो एप तयार गरिएको छ । एन्ड्रोइड प्रयोगकर्ताले गूगल प्लेस्टोर र आईओएस प्रयोगकर्ताले एपस्टोरबाट यो एप डाउनलोड गर्न सक्नेछन् । यो एपको नाम ‘स्थानीय तहको एप (Local Level)’ रहेको छ ।