कीवर्डहरू -

नेपालको शिक्षण प्रणालीमा आयाम फेर्न सक्ने \'ब्लेन्डेड लर्निङ\'

नेपालको शिक्षण प्रणालीमा आयाम फेर्न सक्ने \'ब्लेन्डेड लर्निङ\'

“ब्लेन्डेड लर्निङ”भन्ने वाक्यांश अहिले एकदमै चर्चित हुदै गएको छ। महामारीले गर्दा हजारौँ बालबालिकालाई भौतिक शिक्षा लिन असर पारेको छ । धेरै विद्यार्थीले अनलाइन अध्ययन माथि भरपर्नु परेको देखिन्छ । यो महामारी सकिए पछि एक नौलो किरण सबैको जीवनमा निस्किन्छ । यो महामारीमा हामीले धेरै गुमाए पनि टेक्नोलोजीको क्षेत्रमा एउटा नयाँ आयाम पाउन सफल भएका छौँ ।

अनलाइन अध्ययनलाई भौतिक शिक्षासँग जोडेर लैजाँदा अझै शैक्षिक स्तर बढाउन सकिने देखिन्छ । यही परम्परागत शिक्षा र अनलाइन शिक्षाको मिश्रणलाई ब्लेन्डेड लर्निङ भनिन्छ ।

अनलाइन अध्ययनलाई भौतिक शिक्षासँग जोडेर लैजाँदा अझै शैक्षिक स्तर बढाउन सकिने देखिन्छ । यही परम्परागत शिक्षा र अनलाइन शिक्षाको मिश्रणलाई ब्लेन्डेड लर्निङ भनिन्छ । विद्यार्थीहरुले भौतिक शिक्षा ग्रहण गरेर पहिलेको अनुभवको साथै अहिलेको अनलाइन शिक्षामा वेभिनारको प्रयोग गरेर अघि बढ्न सकिन्छ । यो मोडेललाई नेपालले सकेसम्म चाँडै मान्नु पर्छ । यसको कारणहरु यी प्रकारका छन् ।

१. विद्यार्थी र शिक्षाको दूरी घटाउन

नेपालमा ८०% विद्यालय दुर्गम क्षेत्रका छन् । त्यहाँको विद्यार्थी पहुँचमा इन्टरनेट डाटा मात्रै हुने भएकाले पढाइ गर्न एकदमै गाह्रो हुन्छ । विद्यालयहरुले ब्लेन्डेड लर्निङ मोडेल तहत विद्याथीहरुलाई कक्षाको अफलाइन भिडियो, डाउनलोड गर्न मिल्ने सामाग्री जसलाई जुन समयमा पनि हेर्न मिलेस । त्यसतो खाले पठ्नपाठ्न सामाग्रीको व्यवस्था मिलाउनुपर्छ । एनसेल र एनटीसीको सस्तो डाटा प्लानहरुले विद्याथीहरुलाई सधँै अनलाइन नबसिकननै  अध्ययन गर्न सजिलो हुन्छ ।

\"\"

२. साझेदारीको अवसर

दिनानुदिन अनलाइन शिक्षाको अभ्यास बढ्दै गएपछि थुप्रै किसिमको नयाँ विचारहरु आउन थाल्छन् र विद्यालयहरुले आफैमा छलफल गरेर कक्षा सञ्चालनको नयाँ प्रविधि निकाल्न सक्नेछन् जस्ले गर्दा हामीले जूम, गूगल मीट, माइक्रोसफट टीम्स, मूडल जस्ता सफ्टव्येरमा कम भरपर्नु पर्ने हुन्छ ।

३. निजिकृत शिक्षा

ब्लेन्डेड लर्निङ मोडेलले गर्दा शिक्षक र विद्यार्थीको शैक्षिक सम्बन्ध अझै सुमधुर बन्दै जान्छ । शिक्षकले विद्यार्थीलाई कसतो शिक्षण सामाग्रीले फाइदा हुन्छ भन्ने कुरा बुभmन सक्छन् र हरेक एक विद्यार्थीलाइ ध्यान दिन सक्छन् । यसले गर्दा हरेक एक विद्यार्थीको चौतर्फी विकास हुन्छ र कौशल नेतृत्वको नी विकास हुन्छ ।

४. सही प्लेटफर्ममा लगानी

पुरै विश्वनै टेक्नोलोजी तर्फ ढल्किदै जादा नेपाल नी पछि नहुनुपर्ने देखिन्छ ।यही कारणले स्कुल तथा कलेजहरुले अनलाइन अध्ययनलाई मध्यनजर राख्दै त्यसमै लगानी गर्नुपर्ने देखिन्छ । यसले शिक्षण प्रणालीलाई गुणस्तरीय बनाउनुको साथसाथै सस्तो पनि बनाउन्छ र हामी पनि विश्वस्तरीय शिक्षण प्रणालीमा जान सक्छौँ ।

स्रोत : फयुजक्लासरुम