कीवर्डहरू -

नेट टिभी एपमा सःशूल्क सिनेमा हेर्न सकिने फिचर आउदै

नेट टिभी एपमा सःशूल्क सिनेमा हेर्न सकिने फिचर आउदै

नेट टिभी एपले आफ्नो फिल्म सेक्सनमा नेपाली फिल्महरु पैसा तिरेर हेर्न मिल्ने फिचर लञ्च गर्ने भएको छ । यो फिचर सेपटेम्बर ११ मा सफ्ट लञ्च गरिनेछ ।

सेपटेम्बर भरिमा नेट टिभी एपले सबै राष्ट्रिय र अन्तराष्ट्रिय फिल्म तथा टिभी कार्यक्रमहरु उपलब्ध गराउने उद्देश्य लिएको छ ।

ग्राहकसँग अझै बढि अन्तरक्रिया गर्न मौका प्राप्त हुने हुदा यस्तो फिचर ल्याउन लागेको नेट टिभीले जनाएको छ । नेटटिभीमा फिल्म सेक्सन पहिले देखि नै शुल्क लाग्ने गरी नेपाली सिनेमाहरु उपलब्ध छन् ।

नेट टिभी एपमा १५० भन्दा बढी च्यानलहरु रहेको छन् र केही नेपाली टिभी शो पनि रहेका छन् । यसको भुक्त्तानी साझेदार भने ईसेवा, खल्ती, आएमई पे जस्ता मोबाइल वालेटहरु रहेका छन् ।

वालेटको प्रयोग गती प्रयोगकर्ताले सजिलै नेटटिभीमा टपअप गर्न सक्छन् । प्रयोगकर्ताले एपबाट सजिलै सिनेमा खरिद गर्न सक्ने छन् ।

आफूलाई मनपर्ने सिनेमा छानेर बाई नाओमा क्लिक गरी वालेटको विकल्प छानेर पैसा भुक्त्तानी गरेपछि सिनेमा हेर्न सकिन्छ । नेट टिभीको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

नेट टिभीको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आईओएसको लागि डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।