कीवर्डहरू -

सामसङ ग्यालेक्सी नोट २० र ग्यालेक्सी नोट २० अल्ट्रा नेपालमा, कति होला मूल्य ? 

सामसङ ग्यालेक्सी नोट २० र ग्यालेक्सी नोट २० अल्ट्रा नेपालमा, कति होला मूल्य ? 

सामसङ ग्यालेक्सी नोट २० र ग्यालेक्सी नोट २० अल्ट्रा नेपालमा उपलब्ध भएको छ । यसअघि सामसङ नेपालले भदौ १९ गतेसम्म प्रि बुकिङ खुल्ला गरेको थियो ।

सामसङ ग्यालेक्सी नोट २० र ग्यालेक्सी नोट २० अल्ट्रा प्रि बुकिङ गर्ने ग्राहकलाई कम्पनीले निशूल्क ग्यालेक्सी बड प्लस दिएको छ । भने टिभी र ग्यालेक्सी वाचमा विशेष छुट प्रदान गरिएको छ ।

यी फोन कम्प्युटरबाट पनि एक्सेस गर्न सकिने छ । यी फोनबाट गेम खेल्दा र काम गर्दा थप सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी नोट २०

यसमा ६.७ इन्च सुपर एमोलेड प्लस डिस्प्ले रहेको छ । जसमा ६० हर्ज रिफ्रेस रेट रहेको छ । सुरक्षाको लागि यसमा कोर्निङ गोरिल्ला ग्लास ५ को प्रयोग गरिएको छ ।

ग्यालेक्सी नोट २० मा ट्रिपल रियर क्यामेरा छन् । जसमा १२ मेगापिक्सेल वाइड क्यामेरा, ६४ मेगापिक्सेल टेलिफोटो क्यामेरा र १२ मेगापिक्सेल अल्ट्रा वाइड क्यामेरा रहेको छ । यसले एट के फोर के भिडियो पनि सपोर्ट गर्छ ।

सेल्फी क्यामेरा १० मेगापिक्सेलको उपलब्ध छ । यसले फोर के भिडियो सपोर्ट गर्छ । नोट २० मा ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको छ । त्यस्तै यसमा ४३०० एमएएचको ब्याट्री राखिएको छ । यसले फास्ट चार्ज सपोर्ट गर्छ । नोट २० मा एन्ड्रोइड टेन ओएस रहेको छ ।

ग्यालेक्सी नोट २० अल्ट्रा

यसमा ६.९ डायनामीक एमोलेड डिस्प्ले उपलब्ध रहेको छ । जसमा १२० हर्ज रिफ्रेस रेट रहेको छ । ग्यालेक्सी नोट २० अल्ट्रामा सुरक्षाको लागि कोर्निङ गोरिल्ला ग्लास भिक्टस प्रयोग गरिएको छ ।

यस फोनमा पनि ट्रिपल रियर क्यामेरा छन् । जसमा १०८ मेगापिक्सेल मेन क्यामेरा, १२ मेगापिक्सेल टेलिफोटो क्यामेरा र १२ मेगापिक्सेल अल्ट्रा वाइड सेन्सर छन् । यसले एटके फोरके भिडियो सपोर्ट गर्छ ।

त्यस्तै यसमा १० मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । यसले फोर के भिडियो सपोर्ट गर्छ । ग्यालेक्सी नोट २० अल्ट्रा ८ जीबी र्याम र १२ जीबी र्‍याममा उपलब्ध छ । भने १२८ जीबी, २५६ जीबी, ५१२ जीबी इन्टरनल स्टोरेजमा उपलब्ध रहेको छ ।

एन्ड्रोइड टेन अपरेटिङ सिस्टम रहेको यस फोनको ब्याट्री ४५०० एमएएचको रहेको छ । जसले फास्ट चार्ज सपोर्ट गर्छ ।

मूल्य तथा उपलब्धता

नेपाली बजारमा सामसङ ग्यालेक्सी नोट २० को मूल्य १ लाख ९ हजार ९९९ रुपैयाँ तोकिएको छ । भने सामसङ ग्यालेक्सी नोट २० अल्ट्राको मूल्य १ लाख ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

भदौ २२ गतेदेखि यी फोन नेपालभरका सम्पूर्ण सामसङ स्टोर तथा रिटेल स्टोरबाट खरिद गर्न सकिने छ । यी फोनहरु किस्तामा पनि खरिद गर्न सकिने छ । साथै टुटफुटको लागि १ वर्षको बिमाको सुविधा समेत रहेको छ ।