कीवर्डहरू -

चारवटा रियर क्यामेरा सहित नोकिया ५.३ फोन नेपालमा, यस्तो छ मूल्य अनि फिचर

चारवटा रियर क्यामेरा सहित नोकिया ५.३ फोन नेपालमा, यस्तो छ मूल्य अनि फिचर

नोकिया ५.३ स्मार्टफोन नेपालमा सार्वजनिक भएको छ । सोमबार नोकियाको नयाँ स्मार्टफोन सार्वजनिक भएको हो ।

६.५५ इन्च आईपीएस एलसीडी प्यानल डिस्प्ले रहेको यस फोनमा सुरक्षाको लागि कोर्निङ गोरिल्ला ग्लास ३ प्रयोग गरिएको छ । नोकिया ५.३ मा एचडी प्लस रिसोलुसन उपलब्ध रहेको छ ।

पर्फरमेन्स तथा मेमोरी

नोकिया ५.३ मा क्वालकम स्न्याड्रयाग्न ६६५ प्रोसेसर राखिएको छ । यो फोन ३ जीबी, ४ जीबी, र ६ जीबी र्‍यामा उपलब्ध छ । त्यस्तै ६४ जीबी इन्टरनल स्टोरेज रहेको छ भने इन्टरनल स्टोरेजलाई बढाउन सकिने छ ।

नोकिया ५.३ मा एन्ड्रोइड १० अपरेटिङ सिस्टम रहेको छ । यस फोन गूगल वान प्रोग्रामको सदस्य पनि रहेको छ । नोकिया ५.३ ले २ वर्षसम्म अपरेटिङ सिस्टम अपडेट र ३ वर्षसम्म सुरक्षा अपडेट दिने जनाइएको छ ।

क्यामेरा

यस फोनमा रियर क्वाड क्यामेरा सेटअप रहेको छ । जसमा १३ मेगापिक्सेल प्राइमरी सेन्सर, ५ मेगापिक्सेल अल्ट्रा वाइड, २ मेगापिक्सेल डेप्थ सेन्सर र २ मेगापिक्सेल माइक्रो सेन्सर छन् ।

नोकिया ५.३ मा सेल्फी क्यामेरा ८ मेगापिक्सेलको राखिएको छ । साथै यसको फ्रन्ट क्यामेरा फेस लकको लागि पनि प्रयोग गर्न सकिने छ ।

ब्याट्री

नोकिया ५.३ चारहजार एमएएचको ब्याट्री राखिएको छ । भने टाइपी सी कनेक्सन रहेको छ । एक पटक फूल चार्ज गर्दा २ दिनसम्म ब्याट्री टिक्ने कम्पनीको दाबी छ ।

मूल्य तथा उपलब्धता

नोकिया ५.३ नेपाललमा उपलब्ध भइसकेको छ । ४ जीबी र्‍याम र ६४ जीबी इनटरनल स्टोरेज भएको नोकिया ५.३ को मूल्य नेपालमा २३ हजार ४९९ रुपैयाँ तोकिएको छ ।