कीवर्डहरू -

क्लासिक टेकको इन्ट्रानेट सेवा पश्चिमको बझाङ्ग, बाजुरादेखि पूर्वमा ताप्लेजुङ्गसम्म उपलब्ध

क्लासिक टेकको इन्ट्रानेट सेवा पश्चिमको बझाङ्ग, बाजुरादेखि पूर्वमा ताप्लेजुङ्गसम्म उपलब्ध

इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले पछिल्लो दिनमा आफ्ना ग्राहकहरुको लागि सेवा बिस्तारगर्ने क्रमलाई तिब्रता दिएको छ ।

कम्पनीले अहिलेको विषयम परिस्थितीमा इन्टरनेट सेवाका साथै विभिन्न संघ संस्थाहरुले प्रयोग गर्ने इन्ट्रानेट सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

क्लासिक टेकले  पश्चिमको बझाङ्ग, बाजुरादेखि पूर्वमा ताप्लेजुङ्गसम्म आफ्नो इन्ट्रानेट सेवा बिस्तार गरेर सेवा उपलब्ध गराएको छ । यी क्षेत्रहरुसम्म सेवा बिस्तार गर्नु निकै कठिन र चुनौतीपूर्ण रहँदै आएको छ ।

इन्ट्रानेट सेवा विशेषगरि बैंक तथा वित्तीय संस्थाहरुको लागि निरन्तर मागअनुसार जडान गर्दै आएको छ । लकडाउनको समयमा पनि निरन्तर जडान र ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

कोरोना संक्रमणको जोखिमसँगै प्रयोग हुँदै आएको टेलि मेडिसिन सेवामा पनि कम्पनी यो सेवा उपयोग गर्न सकिन्छ । देशका दूर्गम भेगहरुमा टेलिमेडिसिन सेवा प्रयोग र उपयोग गरेर डाक्टरहरुले बिरामीहरुको उपचार गर्न सकिन्छ । यसको लागि क्लासिक टेकको गुणस्तरीय  र भरपर्दो सेवाले टेलिमेडिसिन सेवालाई विश्वसनिय बनाउनेछ ।

पिसिआर टेस्ट गरेर आफ्ना कर्मचारीहरुलाई पठाउने र आएपछि पनि पुन पिसिआर गराउने गरेको हुँदा निकै सुरक्षित वातावरणमा सेवा दिईरहेको छ । कम्पनीले पैदल नै जानुपर्ने स्थानहरु तथा संस्थाहरुमा पनि सेवा उपलब्ध गराएको छ ।

हामीले अहिलेको कठिन परिस्थितीमा कतिपय स्थानहरुमा भोकै बसेर र घण्टौं पैदल हिँडेर समेत सेवा चाहिएको स्थानमा इन्ट्रानेट सेवा उपलब्ध गराउँदै आएका छौं, हामी हाम्रा ग्राहकहरुलाई उच्चस्तरीय सेवा दिनका लागि निरन्तर प्रतिबद्ध छौं, कम्पनीका प्रतिनिधिले भने ।

नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनीमध्येको एक क्लासिक टेकले ग्रामीण भेगका कतिपय स्थानहरुमा विद्युतको उपलब्धता नभएपनि सो  स्थानमा सोलार प्रणालीमार्फत इन्ट्रानेट सेवा उपलब्ध गराएको छ ।

यस बाहेक कम्पनीले सेवा उपलब्ध गराएपछिको मर्मत संभारको लागि तत्काल कर्मचारीहरु उपलब्ध गराएर सेवा प्रदान गरिहेको जनाएको छ ।

यसका साथै क्लासिक टेकले यसभन्दा पनि कठिन र दूर्गम भेगमा आफ्नो इन्टरनेट र इन्ट्रानेट सेवा उपलब्ध गराउन काम गरिरहेको छ र जस्तोसुकै  कठिन परिस्थितीमा पनि सेवाग्राहीहरुलाई सेवा गर्न सँधै तत्पर रहेको कम्पनीले जनाएको छ ।