कीवर्डहरू -

ब्यालेन्स रिचार्ज, ट्रान्सफर र चेक गर्न अब सबै सेवा प्रदायकको एउटै सर्ट कोड

ब्यालेन्स रिचार्ज, ट्रान्सफर र चेक गर्न अब सबै सेवा प्रदायकको एउटै सर्ट कोड

ब्यालेस रिचार्ज, ब्यालेन्स ट्रान्सफर र ब्यालेन्स चेकको लागि अब सबै मोबाइल सेवा प्रदायकले एउटै सर्ट कोड प्रयोग गर्नुपर्ने भएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ‘दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्रि व्यवस्थापन कार्यविधि, २०७७’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

यो कार्यविधि लागु भएको ६ महिनाभित्र सबै मोबाइल सेवा प्रदायकले ब्यालेन्स रिचार्ज गर्न १२२, ब्यालेन्स ट्रान्सफर गर्न १३३ र ब्यालेन्स रिचार्ज गर्न १४४ सर्ट कोड प्रयोग गर्नुपर्ने छ

यो कार्यविधि लागु भएको ६ महिनाभित्र सबै मोबाइल सेवा प्रदायकले ब्यालेन्स रिचार्ज गर्न १२२, ब्यालेन्स ट्रान्सफर गर्न १३३ र ब्यालेन्स रिचार्ज गर्न १४४ सर्ट कोड प्रयोग गर्नुपर्ने छ । यसअघि सबै मोबाइल सेवा प्रदायकले फरक फरक सर्ट कोड प्रयोग गर्दै आएका थिए ।

सेवा प्रदायकले १ वर्षसम्म पुरानो तथा नयाँ दुवै कोडलाई समानान्तर रुपमा सञ्चालन गर्न सक्ने छन् । तर कार्यविधि लागु भएको १ वर्षपछि कार्यविधिमा उल्लेख भएको कोड मात्रै प्रयोग गर्नुपर्ने छ । प्रयोगकर्ताको सहजताको लागि एउटै सर्ट कोडको व्यवस्था गरेको प्राधिकरणले जनाएको छ ।