कीवर्डहरू -

अब १८०० बाट सुरु हुनेछ टोल फ्री नम्बर

अब १८०० बाट सुरु हुनेछ टोल फ्री नम्बर

अब १८०० बाट टोल फ्री नम्बर सुरु हुने भएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ‘दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्रि व्यवस्थापन कार्यविधि, २०७७’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

योसँगै १८०० बाट सुरु हुने टोल फ्रि नम्बर १० अंकको हुनेछ । जसमा १८०० पछिको एउटा अंक अपरेटरको हुनेछ भने बाँकी ५ अंक सब्स्क्राइबरको हुनेछ ।

त्यस्तै एउटा सेवा प्रदायकको ग्राहकले अर्को सेवा प्रदायकले प्रदान गरेको दश अंकको टोल फ्री नम्बरमा सम्पर्क गरेको अवस्थामा अन्तरआवद्धता व्यवस्था लागु हुनेछ ।

टोल फ्री नम्बर सञ्चालन गर्न चाहने व्यक्ति वा संस्थाले सेवा प्रदायक समक्ष आफ्नो प्रस्तावित सेवाको सम्पूर्ण सेवाको विवरण सहित आवेदन दिनुपर्नेछ । सो आवेदन अध्ययन गरी सेवा प्रदायकले १० अंकको टोल फ्री नम्बर ऊपलब्ध गराउन सक्ने छन् ।

टोल फ्रि नम्बर कुनै पनि संस्थाले आफ्नो ग्राहकहरुलाई जानकारीमूलक सेवा प्रदा गर्नका लागि प्रयोग गर्न सक्छन् ।