कीवर्डहरू -

सामसङ्ले ल्यायो चार्ज गर्दागर्दै दश मिनेटमा स्मार्टफोन किटाणु मुक्त बनाउन सक्ने डिभाइस 

सामसङ्ले ल्यायो चार्ज गर्दागर्दै दश मिनेटमा स्मार्टफोन किटाणु मुक्त बनाउन सक्ने डिभाइस 

कोभिड महामारीको समयमा सबै सामानलाई कीटाणु मुक्त बनाउनु एकदमै जरुरी हुने गर्दछ । त्यही कारणले हामीले आफ्नो स्मार्टफोन पनि कीटाणु रहित गरिरहनुपर्छ ।

विज्ञहरुले रक्सी भएको सेनिटाइजर प्रयोग गरेर सफा गर्दा राम्रो हुने सुझाव पनि दिएका छन् । यो समयमा सामसङले चार्ज गर्दागर्दै स्मार्टफोन, बड्स, स्मार्टवाच आदिलाई सेनिटाइज गर्ने डिभाइस बनाएको छ ।

यो डिभाइसलाई केही महिना अगाडी थाइल्याण्डमा लञ्च गरिएको थियो । यसलाई आइटीएफआइटी यूभी स्टेरीलाइजर भनिन्छ । यसको १,५९० भाट पर्ने गर्छ अर्थात नेपाली ६,१९१ रुपैंया पर्ने गर्दछ ।

अहिले सम्म यसलाई भाइब्रेन्ट सेतो रङ्गमा मात्रै निकालिएको छ । यसले चस्मालाई पनि सेनिटाइज गर्न सक्छ । यसलाई बिर्को भएको बट्टा जस्तो बनाइएको छ यसले दश मिनेटमै करिब ९९ प्रतिशत कीटाणु मार्न सक्ने बताइको छ ।