कीवर्डहरू -

आइटी क्षेत्रमा करियर बनाउन यी हुन् १० महत्वपूर्ण स्किल

आइटी क्षेत्रमा करियर बनाउन यी हुन् १० महत्वपूर्ण स्किल

प्रविधिको क्षेत्र द्रुत गतिमा दिन प्रतिदिन विकास हुँदै गइरहेको छ । हरेक दिन यो क्षेत्रमा केही न केही नौलो चिजको जन्म भइरहेको हुन्छ । विश्वलाई प्रगतिसँगै जनमानसको जीवन सहज बनाउनमा प्रविधिको एकदमै ठूलो हात देखिन्छ ।

तर यो बाटो पूरै प्रतिस्पर्धाले भरिएको छ । यो वातावरणमा रोजगारदाता र करियर खोजिरहेका दुवैले आइटी क्षेत्रमा चाहिने शीपको ख्याल गर्नुपर्छ ।

यस्तो गर्दा कस्तो शीप भएको मान्छेलाई रोजगार दिइन्छ र सूचना प्रविधिको क्षेत्रलाई विकास गर्न मद्दत पु¥याउँछ भन्ने कुरा पनि थाहा हुन्छ । जागिर गर्न खोजिरहेकाले पनि कस्तो शीपले राम्रो ठाउँमा काम पाउन सकिन्छ भन्ने कुराको ज्ञान राख्नुपर्छ ।

२०२० को प्रतिस्पर्धाको बीचमा आफूलाई अरूभन्दा भिन्न बनाउन आइटी तथा प्रविधिको शीपमा निपुण हुनुपर्छ । र आफूलाई प्रतिस्पर्धामा खरो उतार्न तल भनिएका सीपहरू त्यत्तिकै आवश्यक छ

मोबाइल एप डेभलपमेन्ट

अहिले स्मार्टफोनलाई अधिकांशले प्रयोग गर्ने गर्दछन् र यो धेरैको जीवनशैलीको भाग बन्दै गइरहेको छ । यस्तो अवस्थामा टेक्नोलोजीको क्षेत्रमा रहेको व्यक्तिलाई मोबाइलको विकास गर्न आउने शीप भएन भने हामी पछि पर्न सक्छौं ।

स्ट्याटिस्टाको रिपोर्ट अनुसार विश्वको करिब आधाभन्दा बढी जनसंख्या अर्थात् करिब ४ अर्ब मानिसले मोबाइल फोन चलाउने गर्दछन् । समयको मागसँगै यसको प्रयोग झनै बढ्दै गएको छ ।

झनै कोभिडको महामारीले गर्दा त बालबालिकादेखि ठूलासम्म सबैले मोबाइल फोनको प्रयोग गर्न थालेका छन् । त्यही कारणले मोबाइलको शीप जान्नु एकदमै जरुरी बन्दै गएको छ । विशेष गरी एन्ड्रोइड र आइओएसको प्रोग्रामिङ विकास गर्नेबारे थाहा पाउनु पर्छ ।

नयाँ एप, गेम या कुनै फिचर कसरी ल्याउने भन्ने ज्ञान पनि हुनुपर्छ । नयाँ तथा इन्नोभेटिङ एप तथा सिस्टमहरूको विकास गर्नसके विश्वभरि यसको डिमाण्ड धेरै छ ।

आर्टिफिसियल इन्टेलिजेन्स

आर्टिफिसियल इन्टेलिजेन्सले आजकाल विश्वमा तहल्का मच्चाएको छ । आर्टिफिसियल इन्टेलिजेन्स भनेको मेसिन तथा रोबोटहरूले देखाउने मानव जस्तै बुद्धिमता हो । यो क्षेत्रमा अहिले पनि धेरै प्रगति गर्न सकिन्छ ।

त्यही कारणले यसको बारेमा ज्ञान भयो भने सुनमा सुगन्ध जस्तै हुनेछ । यसले मान्छेको  डिजिटल संसारसँगको व्यवहारलाई परिणत गरिरहेको छ ।

कुनै पनि क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्सको मिश्रण गर्दा त्यो अझै आकर्षक बन्ने गर्दछ र यही कारणले यो शीप एकदमै जरुरी हुन गरेको छ ।

अब समाज सोसाइटी ५.० को चरणमा प्रवेश गर्दै गरिरहको अवस्थामा एआईको भविष्य ठूलो छ । मान्छेलाई जे पनि वास्तविक चाहिने हुँदा आर्टिफिसियल इन्टेलिजेन्सको ज्ञान साह्रै नै महत्वपूर्ण हँुदै गएको छ ।

पाइथन

पाइथन भनेको एउटा प्रोग्रामिङ गर्ने भाषा हो र यसले थुपै्र आर्टिफिसियल इन्टेलिजेन्स तथा टेक्नोलोजीको क्षेत्रमा काम गर्न मद्दत पु¥याउँछ । यो एकदमै चर्चित र उपयोगी प्रोग्रामिङ गर्ने भाषा हो ।

पाइथन प्रयोग गर्न कोर पाइथन, विश्लेषणात्मक कौशल र वेब फ्रेमवर्कको ज्ञान हुनुपर्छ । पाइथन जान्नेले टेक्नोलोजीको क्षेत्रमा धेरै योगदान पु¥याउन सक्छ ।

यसको मद्दतले यूजरहरूले वेब एप बनाउने, वेवसाइट बनाउने तथा डेक्सटप एप पनि बनाउन सक्छन । यो सुरुवाती चरणमा रहेको व्यक्तिले पनि सिक्न सक्दछन् । अरु प्रोग्रामिङ गर्ने भाषा गर्न आउनेले पनि यो चाँडै नै सिक्न सक्छन् । पछिल्लो समयमा पाइथनको डिमाण्ड बढेर गएको छ ।

डेटा साइन्स

अहिले धेरै टेक कम्पनीहरूले डेटा वैज्ञानिक राख्न रुचाउँछन् । डेटालाई विकास गर्न तथा बुझ्न हरेक कम्पनी तत्पर रहेको कारणले यो शीप कम्पनीहरूको माग नै बन्दै गइरहेको छ ।

डेटा वैज्ञानिकको रूपमा कर्मचारी भएपछि त्यो कर्मचारीलाई प्रोग्रामिङ गर्न आउने, मेसिन लर्निङ, डेटा ¥याङलिङ, डेटा इन्ट्युसन र सफ्टवेयर इन्जिनियरिङ गर्न आउनुपर्छ । यो शीप हुनेको माग एकदमै हुने गर्दछ ।

बिग डेटा प्रविधिको प्रयोग बढिरहेको सन्दर्भमा डेटा साइन्समा काम गर्ने डेटा साइन्टिस्टहरूको डिमाण्ड बढेर गएको छ ।

साइबर सुरक्षा

आफ्नो कम्पनीको साइबर सुरक्षालाई जोगाई राख्न सबै कम्पनीको लागि चुनौतीको विषय हो । यसमा कम्पनीहरूले धेरै लगानी गरिरहेका हुन्छन् । सन् २०१८ देखि २०२० सम्ममा कम्पनीहरूले साइबर सुरक्षामा आफ्नो  लगानी ९.४ प्रतिशतले बढाएको देखिन्छ ।

साइबर सुरक्षा कम्पनीको लागि यति महत्वपूर्ण भएकाले करियर बनाउन खोजिरहेकाहरूलाई यसको बारेमा पूर्ण ज्ञान भयो भने त्यो धेरै नै उपयोगी हुनेछ । यसले गर्दा डाटा र सप्mटवेयरको सुरक्षा गर्न सकिन्छ ।

साइबर सुरक्षा पूरै विश्वकै लागि चुनौतीको विषय हो । साइबर डिफेन्सको लागि समेत साइबर सुरक्षामा काम गर्ने दक्ष व्यक्तिहरूको आवश्यकता छ ।

क्लाउड सेवा

क्लाउड प्रविधि पनि पछिल्लो समयको इमर्जिङ टेक्नोलोजी हो । आइटीको नयाँ क्षेत्रमा करियर बनाउन खोजिरहेकाहरूलाई क्लाउड प्रविधिमा ज्ञान हुनु जरुरी देखिन्छ ।

प्रविधिको क्षेत्रमा अमेजनको वेब सेवा एकदमै महत्वपूर्ण टेक स्किलको रूपमा विकास भएको छ । यो सँगै क्लाउडमा माइक्रोसफ्ट अजुर, अलि क्लाउड, गुगल, हुवावे लगायतका कम्पनीहरूले पनि ठूलो अवसर सृजना गरिरहेका छन । नेपालमा पनि पछिल्लो समय विभिन्न डेटा सेन्टर तथा लोकल क्लाउड प्रोभाइडरहरू आइरहेका छन् । यसले गर्दा पनि यसमा करियरको सम्भावना बढिरहेको छ ।

ब्लकचेन

ब्लकचेन इन्जिनियरहरूले कम्पनीमा नौलो खालको टेक्नोलोजी प्रयोग गरेर नयाँ डिजिटल प्लाटफर्म तयार पार्छन् । ब्लकचेन टेक्नोलोजीले इन्टरनेटको माध्यमले सूचनाको नक्कल नगरी आदानप्रदान गर्न दिन्छ । कम्पनीहरूले ब्लकचेन इन्जिनियरहरूलाई एकदमै धेरै रोजगार दिन थालेका छन् ।

हायरिडको रिपोर्ट अनुसार गत साल कम्पनीहरूले करिब ५१७ प्रतिशतले ब्लकचेन इन्जिनियरहरूलाई बढी रोजगार दिन थालेको छ । ब्लकचेन इन्जिनियरहरूलाई कम्पनीहरूले तलब पनि बढी दिने गर्दछन्, जसले यो कुरा कति महत्वपूर्ण छ भन्ने बारेमा थाहा हुन्छ ।

भर्चुअल रियालिटी

भर्चुअल रियालिटीले निकै नै बजार ओगटेको छ । यो धेरैजसो थ्रीडीको रूपमा विकास हुने गर्दछ । एकदमै वास्तविक लाग्ने हुनाले युजरहरूले यसलाई साह्रै रुचाउँछन् । यो क्षेत्र २०२० मा अझै विस्तृत हुने देखिन्छ ।

भर्चुअल रियालिटीको ज्ञान भएकालाई कम्पनीहरूले ३७ प्रतिशतले बढी रोजगार दिएका थिए । भर्चुअल रियालिटीमा पनि डिजाइनिङ र थ्रीडी मोडेलिङको प्रयोगले प्रोग्रामको विकास जस्ता कुराहरू जान्नुपर्ने हुन्छ ।

इन्टरनेट अफ थिंग्स (आइओटी)

इन्टरनेट अफ थिंग्स भनेको कम्प्युटिङ डिभाइसहरूको कनेक्सन हो, जसबाट नेटवर्कको माध्यमले डेटाहरू सार्न सकिन्छ । आइटीको क्षेत्रमा एक महत्वपूर्ण क्षेत्र आइओटी पनि पर्ने गर्दछ ।

सफ्टवेयर डट ओआरजीको अनुसार राम्रो जानकारी भएको व्यक्तिको कमीले इन्टरनेट अफ थिंग्सले अहिलेसम्म पूरै क्षमता देखाउन सकेको छैन । यो सफ्टवेयर र हार्डवेयरको कम्बिनेशन पनि हो । २०२० मा आइओटीको प्रयोग प्रविधिको क्षेत्रमा अधिक मात्रामा बढ्न सक्ने अनुमान लगाइएको छ ।

आइटी सपोर्ट स्पेसियलिस्ट

आइटी सपोर्ट स्पेसियलिस्टले कम्पनीको  कम्प्युटरहरूमाथि निगरानी राख्ने र युजरलाई समस्या परेमा मद्दत गर्ने गर्दछन् । आइटी सपोर्ट उम्मेदवारलाई कम्पनीहरूले झनै बढावा दिने गर्दछन् ।

किनभने सानो या ठूलो व्यापार सबैलाई आइटी सपोर्ट स्पेसियलिस्ट चाहिन्छ । आइटी सपोर्टको बारेमा डिग्री नलिइकनै जानकारी लिन सकिन्छ ।

लिनक्स र सिस्कोको बारेमा थाहा पाएर पनि युनिभर्सिटी विनै आइटी सपोर्टको बारेमा बुझ्न सकिन्छ । जसरी डिभाइसहरूको प्रयोग बढिरहेको छ, त्यसमा सपोर्टको डिमाण्ड पनि बढ्ने नै छ ।