कीवर्डहरू -

सोसल मिडियामा आफ्नो फोटो तथा भिडियो हाल्दा यी हुन् ध्यान दिनुपर्ने विषय     

सोसल मिडियामा आफ्नो फोटो तथा भिडियो हाल्दा यी हुन् ध्यान दिनुपर्ने विषय     

हामी सबैलाई सोसल मिडियामा आआफ्नो फोटो तथा भिडियोहरु हाल्न एकदमै रमाइलो लाग्छ । आफ्नो फोटो सबैले हेरेर राम्रो भनिदिए हुन्थ्यो भनेर पनि लागिरहन्छ ।

हामीले फोटोहरु ट्विटर, इन्सटाग्राम, फेसबुक लगायतका सामाजिक सञ्जालमा हालिरहेको हुन्छौँ । तर के हामीले सबै पोष्टमा विचार गरेर हाल्ने गर्छौँ त ? कहिले काँही विचार नगरी हाल्यौँ भने कुनै कारणले गल्ती पनि हुन सक्छ । त्यही भएर अरु मान्छेले पनि हेर्ने वाला फोटो हाल्दा तलका केही कुराहरुमा ध्यान पु¥याउनुपर्छ ।

फोटोमा के रहेको छ ?

कहिलेकाहीँ तपाईले सेल्फी खिच्दा पछाडिको ब्याकग्राउन्ड आएको हुन सक्छ जसले गर्दा तपाईको निजी जीवनको डिजिटल पहिचान बाहिरिन सक्छ ।

त्यो मान्छेले कहाँ बाट सामान किन्छ, घर या पछाडिको ब्याकग्राउन्डमा केके देखिन्छ , सबै कुरालाई मान्छेले नियालेर हेर्न सक्छन् । त्यही कारणले पोष्ट गर्नु अघि यी कुराहरुमा ध्यान पु¥याउनुपर्छ ।

फोटो कता खिचिएको थियो ?

धेरै मान्छेले तपाईँको फोटो एक झलक मात्रै हेरेर कहाँ खिचेको हो भनेर थाहापाउन सक्छन् । आइडेन्टीटी स्पामरहरुलाई यो जानकारी पनि एकदमै महत्वपूर्ण हुन सक्छ ।

यसले गर्दा अरुलाई पनि तपाईको ठेगाना पत्ता लाग्न सक्छ । घरमा एक्लै भएको फोटोहरु स्टोरीमा हालियो भने पनि घरमा चोरी गर्न आउन सक्ने पनि हुन सक्छ । त्यहीकारणले सर्तकता अपनाउनु पर्छ ।

हाम्रो फोटोहरुको ईएक्सआईएफ मेटाडाटा

हरेक फोटोहरु केही ट्याग सँगै आउँछन् । ईएक्सआईएफ मेटाडाटामा धेरै खालको जानकारी रहेको हुन्छ जस्तै क्यामेराको मोडेल, अपर्चर डेटा र त्यो फोटो कहिले र काहाँ खिचिएको थियो भनेर पनि थाहापाउन सकिन्छ । त्यही कारणले फोटो अनलाइनमा हाल्नु पूर्व ईएक्सआईएफ मेटाडाटा    हटाउनुपर्छ ।