कीवर्डहरू -

यी हुन् प्राधिकरणले इन्टरनेट तथा नेटवर्क सेवा प्रदायकका लागि सरकारलाई सिफारिस गरेको राहत प्याकेज 

यी हुन् प्राधिकरणले इन्टरनेट तथा नेटवर्क सेवा प्रदायकका लागि सरकारलाई सिफारिस गरेको राहत प्याकेज 

नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न राहत प्याकेजको लागि सरकारलाई सिफारिस गरेको छ । प्राधिकरणले इन्टरनेट सेवा प्रदायक तथा नेटवर्क सेवा प्रदायकहरुलाई  राहत प्याकेजको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई आफ्नो सेवा विस्तार गर्दा आवश्यक पर्ने दूरसञ्चार उपकरहरु आयात गर्दा भन्सार छुट गर्न सिफारिस गरेको छ ।

त्यस्तै प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र नेटवर्क सेवा प्रदायकहरुको लागि नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालय मार्फत ऋणको साँवा र ब्याज १ वर्षको लागि समय थप गर्न सिफारिस गरेको छ ।

नेटवर्क सेवा प्रदायकहरुको हकम प्राधिकरणले उनीहरुले आयात गरिरहेको इन्टरनेट ब्याण्डविथमा लाग्ने रिभर्स भ्याटमा छुट दिनको लागि सरकारसमक्ष सिफारिस गरेको छ ।

त्यस्तै नेटवर्क सेवा प्रदायकहरुलाई इन्टरनेट व्याण्डविथको रकम भुक्तानीको लागि ३ महिनाको समय थप गरिदिन अनुरोध गर्ने प्राधिकरणको बोर्ड बैठकले निर्णय गरेको छ ।